नुवाकोटका ८ सय ४० जना कोरोनामुत्त भएर घर फर्किए

विदुर खबर २०७७ पुष ९ गते २०:४३

नुवाकोट । नुवाकोटका ८ सय ४० जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।

Advertisement

कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा ११ जना कोरोनामुत्त भएसँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ८ सय ८० पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा २५ जनाको पिसिआर परिक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको खनालले जानकारी दिए ।

संक्रमितमध्ये दुई पुरुष र एक महिला रहेका छन् । संक्रमितहरु विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र सुर्यगढी गाउँपालिकाका एकएक जना रहेका छन् । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ९ सय ९९ पुगेको छ ।

Advertisement

नुवाकोटमा हालसम्म कोरोनाको कारण एक व्यक्तिको ज्यान गएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया