नुवाकोटका ८ सय ४० जना कोरोनामुत्त भएर घर फर्किए
विदुर खबर
२०७७ पुष ९ गते २०:४३
नुवाकोट । नुवाकोटका ८ सय ४० जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।
कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा ११ जना कोरोनामुत्त भएसँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ८ सय ८० पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा २५ जनाको पिसिआर परिक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको खनालले जानकारी दिए ।
संक्रमितमध्ये दुई पुरुष र एक महिला रहेका छन् । संक्रमितहरु विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र सुर्यगढी गाउँपालिकाका एकएक जना रहेका छन् । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ९ सय ९९ पुगेको छ ।
नुवाकोटमा हालसम्म कोरोनाको कारण एक व्यक्तिको ज्यान गएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया