नुवाकोटमा प्रचण्ड र केपी समुह पार्टी कब्जा गर्ने रणनितिमा (भिडियोसहित)
नुवाकोट ।नुवाकोटको विदुरमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यालय कब्जा गर्न नेकपाको दुबै समुह लागि परेका छन् ।
केन्द्रमा देखिएको के.पी शर्मा ओली र प्रचण्ड—माधव समुहको विवाद जिल्लामा पनि छताछुल्ला भएपछि यतिवेला दुबै समुह विभिन्न जिल्लामा रहेको पार्टी कार्यालय कब्जा गरेर आफ्नो बनाउने रणनितिमा पुगेको छ । यसैक्रममा आज नुवाकोटको विदुरमा रोचक दृश्य देखिएको हो ।नेकपा राजनीतिक रुपमा विभाजन भईसकेपछि जिल्लामा पनि त्यसको प्रभाव देखिन थालेको छ । नुवाकोटको सदरमुकाम विदुरमा रहेको पार्टी कार्यालय कुन समुहको स्वामित्वमा रहने भन्ने विवाद भएको छ।
विहिवार विहान ओलीपक्षिय केन्द्रीय सदस्यको उपस्थितीमा चियापान कार्यक्रम आयोजना हुने क्रममा ओली पक्षीय र प्रचण्ड माधव पक्षिय कार्यकर्ता विच पार्टी कार्यालयको चावी खोसाखोस भएको हो । जिल्ला नेतृत्व प्रचण्ड माधव पक्षको रहेकोले पार्टी कार्यालयको साँचो सोही पक्षसँग थियो । ओली पक्षीय केन्द्रिय सदस्यद्धय केशब पाण्डे र विन्दा ढुङ्गानाको उपस्थितीमा सो पक्षले गर्न लागेको चियापानका लागि चावि नदिएको भन्दै सो पक्षले ताला फोडेर चियापान तथा कार्यकर्ता भेला गरेको हो ।
आकस्मिक रुपमा तय भएको भनिएपनि ओली पक्षले चियापान आयोजना गरी पार्टी कार्यालय आफ्नो स्वामित्वमा रहने जनाउ दिन खोजेको भन्दै अर्को पक्षले सहज रुपमा चावी नदिएको दावि गरेको छ । कार्यालय प्रबेशसँगै ओली पक्षीय केन्द्रीय सदस्य एवं वागमती प्रदेशसभाका नेकपा प्रमुख सचेतक केशव पाण्डेले पार्टी कार्यालय आफ्नो समुहको स्वामित्वमा रहने वताए । सामान्य कार्यकर्ता भेटघाटको लागि समेत अर्को पक्षले नदिएको भन्दै उनले आपती जनाए ।
ओली पक्षीय नेता कार्यकर्ता निस्किएपछि प्रचण्ड माधव पक्षले पुन ताला फोड्ने प्रयास गरेकोमा ओली पक्षले चावी दिएपछि प्रचण्ड माधव पक्षले पनि पार्टी कार्यालयमा चियापान सम्पन्न गरेको छ । प्रचण्ड माधव पक्षले पार्टी कार्यालयमा हसिया हथौडा अंकित झण्डा गाढेका छन् । नुवाकोटमा जिल्ला अध्यक्ष सहित दुईवटै प्रतिनिधीसभाका सांसद माधव पक्षमा रहेका छन् ।
https://www.facebook.com/bidurkhabar/videos/399642917793050
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया