नुवाकोटका चार पत्रकार सम्मानित

विदुर खबर २०७७ पुष ९ गते १८:३८

नुवाकोट । नुवाकोटका चार पत्रकाहरु सम्मानित भएका छन् ।

Advertisement

विहबार नेपाल पत्रकार महासंघ नुवाकोटको १० औ वार्षिक साधारणसभाको अवसर पारेर पत्रकारहरु सम्मानित भएका हुन् । सम्मानित हुनेहरुमा त्रिशूली प्रबाह साप्ताहिका प्रकाशक एवं सम्पादक शरण उत्सुक सापकोटा,अर्थपथ डटकमका सम्पादक बिष्णुराज जम्कट्टेल, सगरमाथा पोष्ट डटकमका सम्पादक रबिनप्रसाद थपलिया र बबिसी नेपाली सेवाका सम्वाददाता शक्तिमाया तामाङ रहेका छन् ।

सापकोटालाई दिर्घसेवा सम्मान,जम्कट्टेललाई स्वर्गिय मोहन विक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कार, थपलियालाई स्वर्गिय रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कार र तामाङलाई महिला पत्रकारिता पुरस्कार प्रदान गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले जनाएको छ ।

Advertisement

यस्तै नुवाकोटबाट प्रकाशित हुँदै आएको विदुर खबर डटकम लगायत अन्य संचार माध्यमहरुलाई पनि कोरोना संक्रमण र त्यसबाट उत्पन्न भएको महामारी नियन्त्रणमा महत्वपुर्ण योगदान दिएको भन्दै सम्मान गरिएको छ ।

प्रतिक्रिया