नुवाकोटका चार पत्रकार सम्मानित
नुवाकोट । नुवाकोटका चार पत्रकाहरु सम्मानित भएका छन् ।
विहबार नेपाल पत्रकार महासंघ नुवाकोटको १० औ वार्षिक साधारणसभाको अवसर पारेर पत्रकारहरु सम्मानित भएका हुन् । सम्मानित हुनेहरुमा त्रिशूली प्रबाह साप्ताहिका प्रकाशक एवं सम्पादक शरण उत्सुक सापकोटा,अर्थपथ डटकमका सम्पादक बिष्णुराज जम्कट्टेल, सगरमाथा पोष्ट डटकमका सम्पादक रबिनप्रसाद थपलिया र बबिसी नेपाली सेवाका सम्वाददाता शक्तिमाया तामाङ रहेका छन् ।
सापकोटालाई दिर्घसेवा सम्मान,जम्कट्टेललाई स्वर्गिय मोहन विक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कार, थपलियालाई स्वर्गिय रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कार र तामाङलाई महिला पत्रकारिता पुरस्कार प्रदान गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले जनाएको छ ।
यस्तै नुवाकोटबाट प्रकाशित हुँदै आएको विदुर खबर डटकम लगायत अन्य संचार माध्यमहरुलाई पनि कोरोना संक्रमण र त्यसबाट उत्पन्न भएको महामारी नियन्त्रणमा महत्वपुर्ण योगदान दिएको भन्दै सम्मान गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया