नुवाकोटमा कोरोना संक्रमितको संख्या ९ सय ९६ पुग्यो

विदुर खबर २०७७ पुष ८ गते २०:४७

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या ९ सय ९६ पगुेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ११ जनामा कोरोना संक्रमण देखिएसँगै जिल्लामा संक्रमितको संख्या ९ सय ९६ पुगेको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा ५४ जनाको पिसिआर परिक्षण हुँदा ११ जनामा संक्रमण देखिएको हो । संक्रमित हुनेमा विदुर नगरपालिकाका ७ पुरुष र ३ महिला तथा दुप्चेश्व गाउँपालिकाका एक पुरुष रहेको खनालले जनाकारी दिए ।

यस्तै नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या एकसय ६६ पुगेको छ । जसमध्ये एकसय ६४ जना होम आइसोलेसनमा र २ जना अस्पतालको आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका १३ जना कोरोना संक्रमित निको भएर घर फर्किएको कार्यालयको भनाई रहेको छ । यससँगै नुवाकोटमा निको भएर घर फर्कने कोरोना संक्रमितको ८ सय २९ पुगेको छ ।

हालसम्म नुवाकोटमा ७ हजार ३ सय ७६ जनाको पिसिआर परिक्षण गरिएको छ । स्वास्थ्य कार्यालउ नुवाकोटका अनुसार नुवाकोटमा अहिलेसम्म कोरोना भाइरसको कारण एक महिलाले ज्यान गुमाएकी छिन् ।

Advertisement

प्रतिक्रिया