त्रिशूली अस्पतालमा पहिलो पटक आईसीयू सेवा सञ्चालनमा
नुवाकोट । स्थापनाको ५६ वर्षपछि जिल्ला अस्पताल त्रिशूलीमा पहिलो पटक आईसीयू सेवा सञ्चालनमा आएको छ ।
अस्पतालमा दुईवटा भेन्टिलेटरसहित ६ बेडको आईसीयू र चार बेडको एचडीयू सेवा सुरु गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले बताए । वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङले आईसीयू सेवाको मंगलबार उद्घाटन गरेकी हुन् । अस्पतालले कोरोनाका गम्भीर बिरामीलाई प्राथमिकतामा राख्दै आईसीयू सेवा दिने जनाएको छ । अस्पतालमा श्वासप्रश्वास, मुटुको समस्या भएका बिरामी, अत्यधिक ज्वरो, मेनेन्जाइटिस, इन्सेफ्लाइटिस, सडक दुर्घटनाका घाइते, जटिल सुत्केरीलगायतलाई रेफर गरेर काठमाडौं जानुपर्ने बाध्यता हटेको मेसु पाण्डेले बताए । अस्पतालमा दैनिक साढे ३ सयभन्दा बढी बिरामी आउने गर्छन् ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहतमा रहेको त्रिशूली अस्पतालमा कोरियन सहयोग संस्था (कोइका) को सहयोगमा ५० शय्याको सुविधासम्पन्न अस्पताल भवन बनेको छ । अस्पतालमा रसुवा, धादिङ र नुवाकोटका बासिन्दा उपचारका लागि आउने गर्छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग





प्रतिक्रिया