संसद् विघटन प्रस्तावविरुद्ध नुवाकोटको विदुरमा प्रदर्शन

विदुर खबर २०७७ पुष ५ गते १७:४४

नुवाकोट । प्रतिनिधिसभा विघटनविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटका नेता, कार्यकर्ता सडकमा उत्रिएका छन् ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गैरसंवैधानिक बताउँदै नेकपाका नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन् । आइतबार अपरान्ह विदुरमा निकालिएको प्रदर्शनमा नेकपाका केन्द्रिय सदस्य विमला सुवेदी,नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडा, नेकपाका नेता वुद्धि विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेश वस्ती, विदुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष शनि चित्रकार लगाएत प्रर्दशनमा उत्रिएका थिए ।

प्रदर्शनमा सहभागी नेता, कार्यकर्ताहरुले ‘संसद विघटनको असंवैधानिक कदम खारेज गर’, सर्वसत्तावादी कदम खारेज मूर्दावाद’, ‘संसद विघटन जनमतको धोका हो’ लगायतका नारा लगाएका थिए ।

Advertisement

विदुरको लोकतान्त्रि चौतारोबाट शुरुभएको विदुर चोक पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य विमला सुवेदीले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गलत कदम चालेको भन्दै तत्काल संसद विघटन गर्ने प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए । ‘प्रधानमन्त्रीले देशमा अस्थिरता निम्त्याउने काम गरे । यो गलत हो,’ उनले भने । यस कदमको विरुद्ध अझै सशक्त आन्दोलन गर्ने उनले बताए ।

यस्तै नेकपाका नेता वुद्धि प्रधानले संसद् विघटन गरेर वर्तमान सरकार ‘कू’ को बाटोतर्फ अग्रसर भएको भन्दै यो गलत कदमको विरुद्ध सबैलाई लाग्न आग्रह गरे । विरोध कार्यक्रममा नेकपाका विभिन्न नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Advertisement

प्रतिक्रिया