तारकेश्वर गाउँपालिकाबाट ट्रेड युनियन काँग्रेस र स्वास्थ्यकर्मी संघको अधिबेशन सुरु

विदुर खबर २०७७ पुष ५ गते १०:५१

बिदुर । नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोट र नेपाल स्वास्थ्यकर्मी संघ नुवाकोटले साँगठनिक संरचनालाई स्थानीयस्तरमा बिस्तार गर्ने कामको सुरुवात गरेको छ ।

Advertisement

शनिवार नुवाकोटको तारकेश्वर गाउँपालिकामा स्थानीय अधिबेशन गरेर नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेस र नेपाल ट्रेड युनियन काँग्रेससंग आवद्ध संस्था नेपाल स्वास्थ्यकर्मी संघले संरचना बिस्तार र संगठन सुदृढिकरण अभियान सुरु गरेको हो । तारकेश्वर गाउँपालिकाको स्थानीय अधिबेशनबाट मदन बराल मगरको अध्यक्षतामा नेपाल ट्रेड युनियन काँग्रेसको स्थानीय समिति निर्बिरोध चयन भएको छ । समितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमश ः मोतिराम ढकाल, दुर्गा अधिकारी र गणेशप्रसाद खनाल तथा सदस्यहरुमा भोजबहादुर भण्डारी, सञ्चमाया तमाङ, मुना श्रेष्ठ, दुर्गा अधिकारी,सिताराम वस्ती र बट्टाई बिश्वकर्मा रहेका छन् ।

यसैगरी उपास तमाङको अध्यक्षतामा सर्वसम्मत निर्वाचित स्वास्थ्यकर्मी संघको स्थानीय समितिका उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः बिष्णुमाया श्रेष्ठ,रंजितकुमार सिंह, कृष्णमान श्रेष्ठ र ज्ञानु तमाङ तथा सदस्यहरुमा मनकुमारी सापकोटा, लक्ष्मी श्रेष्ठ,गंगा न्यौपाने,सुनिता मिश्र र साबित्री बुढाथोकी रहेका छन् ।

Advertisement

यसअघि अधिबेशन उद्घाटनका क्रममा नेपाली काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले नेपालको हरेक लोकतान्त्रिक आन्दोलनको सफलतामा श्रमिक बर्गको महत्वपूर्ण भुमिका रहेको बताउँदै श्रमिकको हकहित र समस्या समाधानमा नेपाली काँग्रेस सदैव प्रतिबद्ध रहेको बताए । तारकेश्वर लगायतका स्थानीय तहमा जोखिमको पर्वाह नगरि कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीहरुलाई सुबिधा उपलब्ध नगराईएकोप्रति काँग्रेसको ध्यानाकर्षण भएको उल्लेख गर्दे त्यसक्रममा नुवाकोट काँग्रेस सभापति केसीले राज्यस्रोतको आफुखुशी बाँडफाँड गर्ने र राज्यका सुबिधा उपलब्ध गराउँदा बिभेद गर्ने प्रबृत्तीको स्थानीयस्तरबाट प्रतिरोध आवश्यक भईसकेको समेत बताए ।

कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका नेताहरु चोकराज शाक्य,रमेशकुमार महत, राजकुमार भट्टराई, केशव अर्याल, तारकेश्वरका ईकाई सभापतिहरु हरी श्रेष्ठ, दिपेश शाक्य,नवराज खनाल, तारकेश्वर गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष सूर्यमान श्रेष्ठ, काँग्रेस नेता बिणारत्न शाक्य, नविन अधिकारी लगायतले नेपाली काँग्रेसको संगठन सुदृढिकरणमा ट्रेड युनियनको महत्वपूर्ण भुमिका रहेको उल्लेख गर्दे स्थानीयस्तरमा संरचना बिस्तारले श्रमिकको हकहित संरक्षण र पार्टीको आन्तरिक जीवन मजबुत बनाउने काममा समेत योगदान पुग्ने बिश्वास ब्यक्त गरे ।

Advertisement

त्यसक्रममा नेपाल ट्रेड युनियन काँग्रेस नुवाकोटका अध्यक्ष शिव देबकोटा, उपाध्यक्ष मञ्जु प्रधान, नेपाल स्वास्थ्यकर्मी संघ नुवाकोटका अध्यक्ष कल्याणभक्त पाण्डे, शिक्षक संघका लोचन भट्टराई, स्वास्थ्यकर्मी संघका मिश्रीलाल यादब, रंजितकुमार सिहं लगायतले श्रमिकहरुको समस्या र समाधानका लागि अपनाउनुपर्ने रणनीतिहरुका बारेमा आ–आफ्नो धारणा ब्यक्त गरेका थिए ।

प्रतिक्रिया