नेकपाको केन्द्रमा देखिएको विवाद नुवाकोटमा पनि देखियो

विदुर खबर २०७७ पुष ५ गते ८:५२

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रमा देखिएको विवाद नुवाकोटमा पनि देखिएको छ ।

Advertisement

केन्द्रमा प्रधान्नमन्त्रि के.पी शर्मा ओली र पार्टीका अध्यक्ष प्रचण्ड माधव कुमार नेपाल सहुकको गुटगत भेला भइरहेको अवस्थामा नुवाकोटमा विभिन्न गुटउपगुटहरुले छलफल गर्न थालेका छन् । यसैक्रममा प्रधानमन्त्रि के.पी शर्मा ओलि निकट समुहले यहि पुष ६ गते काठमाण्डौको नेपालटारमा रहेको ए बि पार्टी प्यालेसमा नुवाकोटको,पार्टी एकताको लागि अगुवा कार्यकर्ता भेला कार्यक्रम आयोजना गरेको छ । ओली समुहले आयोजना गरेको उत्त भेला पार्टी एकिकरणको लागि आयोजना गरेको भनेपनि नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले कार्यक्रमवारे आफुलाई जानकारी नभएको बताएका छन् । सामाजिक संजाद फेसबुकमार्फत एक सुचना जारी गर्दे नुवाकोट अध्यक्ष खतिवडाले नेकपा नुवाकोटको राजधानी काठमाण्र्डाैमा कुनैपनि कार्यक्रमको आयोजना नगरिएको बताए ।

अध्यक्ष खतिवडाले फेसबुकमा भनेका छन् , यही पौष ६ गते काठमाडौमा नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला संगठन कमिटी नुवाकोटले कुनै अगुवा कार्यकर्ता भेला प्रशिक्षणको आयोजना गरिएको छैन । नेकपा नुवाकोटले पार्टी एकता सुदृढीकरण तथा पार्टी विस्तारका लागि उपयुक्त समयमा नुवाकोटको विदुरमै भेला तथा प्रशिक्षण कार्यक्रम राख्ने ब्यहोरा नुवाकोटका सबै पार्टी सदस्य , समर्थक एवं शुभेच्छुकहरुमा हार्दिकताका साथ जानकारी गर्दछु ।

Advertisement

उनले घुमाउरो शैलीमा त्यो भेला पार्टीको आधिकारीक नभई गुटगत भेला भएको बताएका छन् । ओली समुहले भेला आयोजना गर्ने सुचना जारीसँगै नुवाकोटमा नेकपाका कार्यकर्ताहरु दुई खेमामा विभाजित भएका छन् ।

तर सराकारवालाहरुले पार्टीमा देखिएको विवादले जिल्लामा पार्टीको गुटबन्दी चरमउत्कर्षमा पुगेको भन्दै चिन्ता व्यत्त गरेका छन् ।

Advertisement

प्रतिक्रिया