नुवाकोटमा रााष्ट्रिय अपाङ्ग अनुसन्धान केन्द्रको शाखा विस्तार

विदुर खबर २०७७ पुष ४ गते २०:२३

नुवाकोट । नुवाकोटमा रााष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र नेपालको शाखा कार्यालयको उद्घाटन गरिएको छ ।

Advertisement

कार्यालयको शनिवार विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, विदुर नगरपालिका वडा नम्ब ४ का वडाध्यक्ष टलकमान श्रेष्ठले संयुत्त रुपमा कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले अपाङ्गता भएको व्यक्तिहरुलाई राज्यले प्रोत्साहन दिएको बताए । उनले नगरपालिकामा अपाङगता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गरेर विभिन्न सेवासुविधा प्रदान गरेको बताए । मेयर पण्डितले अपाङ्गता भएका व्यक्तिहरु एकजुट भएर कमाम गर्दा सरकारले दिने सहयोग पनि प्रभावकारी हुने बताए ।

यस्तै कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष टलकमान श्रेष्ठले फरक क्षमता भएका व्यक्तिहरु विभाजित नभई एकतावद्ध भएर अगाडी बढ्दा स्थानिय सरकारले गर्ने निति निर्माणमा समेटिन सकिने बताए । उनले राज्यसंस्थाले ल्याएको संवृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाउन पनि अपाङ्गता भएका व्यक्तिहरुलाई समेट्नुपर्ने बताए ।

Advertisement

कार्यक्रममा रााष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र नेपालको निलकण्ठ पौडेलले केन्द्रको २५ औ शाखाको रुपमा नुवाकोटमा कार्यालय स्थापना भएको बताए । उनले नुवाकोटका सबै स्थानिय तहहरुसँग समन्व्य गरेर अघि बढ्ने भन्दै खोलिएको शाखामा अपाङ्गता भएका व्यक्तिहरुको निशुल्क फिजियोथेराफी लगायतको सेवा दिने बताए । उनले नुवाकोटमा निर्माण भएका अधिकांश संरचनाहरु अपाङ्गतामैत्री नभएकोले अब निर्माण हुने संरचनाहरु अपाङ्गमैत्री बनाउन स्थानिय सरकारले जोड दिनुपर्ने माग गरे ।

कार्यक्रममा गायक प्रकाश तिमिल्सीनाले सांगितिक प्रस्तुती समेत दिएका थिए । शाखा कार्यालयको उद्घाटन कार्यक्रममा महिलाका लागि एक महिला नुवाकोटकी संस्थापक अध्यक्ष देवकी पौडेल, नेत्रहिन संघ नुवाकोटका पदाधिकारी तथा विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया