नुवाकोटमा रााष्ट्रिय अपाङ्ग अनुसन्धान केन्द्रको शाखा विस्तार
नुवाकोट । नुवाकोटमा रााष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र नेपालको शाखा कार्यालयको उद्घाटन गरिएको छ ।
कार्यालयको शनिवार विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, विदुर नगरपालिका वडा नम्ब ४ का वडाध्यक्ष टलकमान श्रेष्ठले संयुत्त रुपमा कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले अपाङ्गता भएको व्यक्तिहरुलाई राज्यले प्रोत्साहन दिएको बताए । उनले नगरपालिकामा अपाङगता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गरेर विभिन्न सेवासुविधा प्रदान गरेको बताए । मेयर पण्डितले अपाङ्गता भएका व्यक्तिहरु एकजुट भएर कमाम गर्दा सरकारले दिने सहयोग पनि प्रभावकारी हुने बताए ।
यस्तै कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष टलकमान श्रेष्ठले फरक क्षमता भएका व्यक्तिहरु विभाजित नभई एकतावद्ध भएर अगाडी बढ्दा स्थानिय सरकारले गर्ने निति निर्माणमा समेटिन सकिने बताए । उनले राज्यसंस्थाले ल्याएको संवृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाउन पनि अपाङ्गता भएका व्यक्तिहरुलाई समेट्नुपर्ने बताए ।
कार्यक्रममा रााष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र नेपालको निलकण्ठ पौडेलले केन्द्रको २५ औ शाखाको रुपमा नुवाकोटमा कार्यालय स्थापना भएको बताए । उनले नुवाकोटका सबै स्थानिय तहहरुसँग समन्व्य गरेर अघि बढ्ने भन्दै खोलिएको शाखामा अपाङ्गता भएका व्यक्तिहरुको निशुल्क फिजियोथेराफी लगायतको सेवा दिने बताए । उनले नुवाकोटमा निर्माण भएका अधिकांश संरचनाहरु अपाङ्गतामैत्री नभएकोले अब निर्माण हुने संरचनाहरु अपाङ्गमैत्री बनाउन स्थानिय सरकारले जोड दिनुपर्ने माग गरे ।
कार्यक्रममा गायक प्रकाश तिमिल्सीनाले सांगितिक प्रस्तुती समेत दिएका थिए । शाखा कार्यालयको उद्घाटन कार्यक्रममा महिलाका लागि एक महिला नुवाकोटकी संस्थापक अध्यक्ष देवकी पौडेल, नेत्रहिन संघ नुवाकोटका पदाधिकारी तथा विभिन्न सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते
मध्य अमेरिकामा शक्तिशाली आँधी र वर्षाको चेतावनी





प्रतिक्रिया