नुवाकोटका ७ सय ४१ जना कोरोनामुत्त भएर घर फर्किए

विदुर खबर २०७७ पुष २ गते २०:१५

नुवाकोट । नुवाकोटका ७ सय ४१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै जिल्लाका कोरोना मुत्त भएर घर फर्कनेको संख्या ७ सय ४१ पुगेको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा एक जना कोरोना संक्रमित भेटिएका छन् । भेटिएका संक्रमित शिवपुरी गाउँपालिकाका एक महिला रहेका छन् । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ९ सय ६५ पुगेको खनालले जानकारी दिए ।

हालसम्म नुवाकोटका ६सय ६२ पुरुष र ३ सय ३ महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटमा अहिलेसम्म ८ हजा ९ सय ९३ जनाको पिसिआर परिक्षण गरिएको कार्यालयको भनाई रहेको छ ।

Advertisement

नुवाकोटमा एक महिलाको कोरोनाको कारण ज्यान गएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया