सहुलीयतपूर्ण कर्जा प्रवाहका लागि दुप्चेश्वरमा त्रिपक्षिय सम्झौता

विदुर खबर २०७७ पुष २ गते २०:००
??????

Advertisement

नुवाकोट । दुप्चेश्वर गाउँपालीका, एभरेष्ट वैंक समुन्द्रटार शाखा र नुवाकोट उद्योग वाणिज्य संघबीचमा त्रिपक्षिय सम्झौता भएको छ ।

नेपाल राष्ट्र बैंकद्वारा जारी सौैलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्वन्धि एकिकृत कार्यविधि २०७५ (तेस्रो शंशोधन २०७७) बमोजिम दुप्चेश्वर गाउँपालीका क्षेत्रका उद्यमी व्यवसायिको लागि उद्यमशिल कर्जा दुप्चेश्वर गाउँपालीकाको सिफारिसमा लगानी गर्ने तथा वैंकद्वारा लगानी गरिएका उद्यमीलाई दुप्चेश्वर गाउँपालीका तथा नुवाकोट उद्योग वाणिज्य संघले प्राविधिक सहयोग गर्ने गरी सम्झौतामा हस्ताक्षर गरिएको छ ।

Advertisement

सम्झौतामा गाउँपालीकाको तर्फवाट अध्यक्ष श्री योविन्द्र सिं तामाङ, नुवाकोट उद्योग वाणिज्य संघको तर्फवाट अध्यक्ष तारावहादुर कार्की र वैंकको तर्फवाट एभरेष्ट बैंकका नायब महाप्रबन्धक डा. सन्धीर कुमारले हस्ताक्षर गरेका छन् । कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शरण उत्सुक सापकोटाले सम्झौताको अक्षरस कार्यान्वयनमा जोड दिंदै व्यवसायीहरुले निरन्तर रुपमा यसको फाईदा लिन सक्रिय हुनुपर्नेमा जोड दिए । यस्तै नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्कीले आगामि दिनमा दुप्चेश्वर गाउँपालीका क्षेत्रको आर्थिक विकासका लागि संघले निरन्तर सहयोग गर्ने तथा सम्भाव्यता हेरी लगानी कर्ता भित्रियाउन पहल गर्ने वताउँदै भएको सम्झौताका सर्तमा संघ प्रतिबद्ध भएर लाग्ने बताए ।

एभरेष्ट बैंकको तर्फबाट नायब महाप्रवन्धक डा.सन्धीर कुमारले वैंकद्वारा नेपालमा कृषि क्षेत्रको सम्भावना देखेर नै कृषक मैत्रि ऋणका प्याकेजहरु निर्माण गरिरहेकोले ढुक्क हुन आग्रह गदै लिईएको ऋणको सदुपयोगका लागि बैंक पालीका, उद्योग वाणिज्य संघका साथै सरोकारवालाद्वारा समेत सहयोग प्राप्त गर्ने अपेक्षा व्यक्त गरे । विशेष गरी कृषि उद्यमी वन्न चाहने व्याक्तिहरुको लागि बैंक सहयोगी रहने वताउँदै जस्तो सुकै कर्जा आवस्यक भए पनि ईमान्दार ग्राहकलाई बैंकले निरास नवनाउने बताए । उनले सम्झौतमा भएका सर्तको पालनालाई वैंकले उच्च प्राथमिकता दिईएको कारण अन्य सरोकारवालासँग पनि सोहि वमोजिम प्रतिवद्धताको अपेक्षा समेत व्यक्त गरे ।

Advertisement

यस्तै दुप्चेश्वर गाउँपालीकाका अध्यक्ष योविन्द्रसिंह तामाङले गाउँपालीकाको आर्थिक तथा नीजि क्षेत्रको विकासका लागि पालीकाको नीति तथा कार्यक्रममा समेत उच्च प्राथमिकता दिईएको कारण आजको यो कार्यक्रम गर्न सम्भव भएको बताए । दुप्चेश्वर गाउँपालीमा कृषि उद्यमको उच्च सम्भावना भएकोले यस क्षेत्रमा त्यस्तो उद्यम व्यवसाय संचालन गरेमा पालीकाद्वारा गर्नुपर्ने सहयोगका लागि सदैव पालीका तयार रहने र ढुक्क भएर लगानी गर्नका लागि आग्रह समेत गरे ।

दुप्चेश्वर नुवाकोट जिल्लाको ग्रामिण तथा दुर्गम क्षेत्र भएता पनि सम्भावनाको हिसावले लगानी योग्य क्षेत्र भएको तथा भएका सम्भावनाको प्रवद्र्धन गर्नका लागि गाउँपालीकाको अगुवाईमा सरोकारवाला निकायले योग्दान गर्न सकेमा यहाँको सम्भावना बजारमा सहज रुपमा वेच्न सकिने र स्थानीयको आर्थिक समृद्धि हुने कुरामा सरोकारवालाहरुले जोड दिएका छन् ।
यसअघि नुवाकोटको विदु्र नगरपालीका र नेपाल बैंक लि, तादि गाउँपालीका र कृषि विकास बैंक बीचमा यस्तो समझदारी भइसकेको छ ।

प्रतिक्रिया