नुवाकोटमा आज १३ जना कोरोना संक्रमित थपिए

विदुर खबर २०७७ पुष १ गते २०:१६

Advertisement

नुवाकोट । नुवाकोटमा आज १३ जना कोरोना संक्रमित थपिएका छन् ।

 

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ७१ जनाको पिसिआर परिक्षण गर्दा १३ जनामा कोरोना संक्रमण देखिएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा देखिएका संक्रमितहरु विदुर नगरपालिका,सुर्यगढी गाउँपालिका र लिखु गाउँपालिकाका रहेका छन् । खनालका अनु्सार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितहरुमध्ये १० पुरुष ३ महिला रहेका छन् ।

आज भेटिएका संक्रमितमध्ये सुर्यगढी गाउँपालिकाका ६ जना, विदुर नगपालिकाका ५ जना र लिखु गाउँपालिकाका २ जना रहेका छन् । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ९ सय ६४ पुगेको छ । यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ३७ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । सक्रिय संक्रमितमध्ये २ सय ३३ जना होम आइसोलेसनमा र ४ जना अस्पतालमा उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका १३ जना कोरोना संक्रमित निको भएर घर फर्किएको कार्यालयको भनाई छ । यससँगै जिल्लामा सक्रिय कोरोनामुत्त भएर घर फर्कनेको संख्या ७ सय २६ पुगेको छ ।

हालसम्म नुवाकोटमा ७ हजार एकसय ९२ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

प्रतिक्रिया