छैठौँ नुवाकोट महोत्सव घाटामा
नुवाकोट । नुवाकोट उद्योग वाणिज्य संघले नुवाकोटमा गत माघ १६ गतेदेखि २६ गतेसम्म संचालन गरेको छैठौँ नुवाकोट महोत्सवमा घाटामा गएको छ ।
संघले मंगलवार विदुरमा पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवको आयव्यय सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा संघका कोषाध्यक्ष दिनेश श्रेष्ठले गत वर्ष सम्पन्न भएको महोत्सवको आयव्यय सार्वजनिक गर्दै संघलाई ५ लाख ७८ हजार ८ सय ७ रुपैयाँ घाटा भएको बताए । उनले महोत्सवमा आम्दानीमार्फत ७५ लाख २५ हजार ४ सय १४ रुपैयाँ प्राप्त भएको जानकारी दिए । यस्तै खर्चतर्फ कुल ८१ लाख ४ हजार २ सय २१ रुपैयाँ खर्च भएको बताए ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार महोत्सवमा सबैभन्दा बढी कलाकार शीर्षकमा १८ लाख ६९ हजार रुपैयाँ खर्च भएको छ । यस्तै होटलतफ १४ लाख ४७ हजार ९ सय ५ रुपैयाँ भएको नुवाकोट उद्योग वाणिज्य संघले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष तारावहादुर कार्कीले सबैको सहयोगले महोत्सव सफल भएको बताए । उनले महोत्सव लगत्तै कोरोना भाइरसको संक्रमण र सरकारले गरेको लकडाउनको कारण छिट्टै आयव्यय सार्वजनिक गर्न नसकिएको बताए ।
गत वर्ष माघ १६ गतेदेखि २६ गतेसम्म धार्मिक ऐतिहासिक कला संस्कृतिको सम्वद्र्धन, दिगो आर्थिक विकासको लागि व्यवसायिक प्रर्वद्धन भन्ने मुल नाराका साथ नुवाकोटको विदुर ४ बट्टारमा छैठौ नुवाकोट महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा २ सय ५० भन्दा बढी स्टल रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार 





प्रतिक्रिया