एकल महिला संस्था नुवाकोटकाे अध्यक्षमा लक्ष्मि फुयाल

विदुर खबर २०७७ मंसिर ३० गते १४:४९
नुवाकोट । मानव अधिकारकाे लागि महिला एकल महिला सस्था नुवाकोटकाे अध्यक्षमा लक्ष्मि फुयाल चयन हुनु भएको छ ।
सस्थाकाे अाज सम्पन्न भएको पहिला अधिबेशनले फुयालकाे अध्यक्षतामा सर्बसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेकाे हाे । सस्थाकाे उपाध्यक्षमा गङ्गा बाेगटि, सचिबमा रुपा थापा, सहसचिबमा रेणु खतिवडा र काेषाध्यक्षमा शान्तिदेबि प्रदान चयन हुनु भएको छ ।
यस्तै सदस्यहरुमा दिलकुमारि रिमाल, सुपानि तामाङ, देबकि लामा, जानुका थापा, देबकि पौडेल, सानुकान्छि अधिकारी र सबिना पाण्डे रहनुभएकाे छ । साथै सस्थाकाे सल्लाहकारहरुमा राज्यलक्ष्मि श्रेष्ठ पाण्डे, राजकुमार अाचार्य र नारायण प्रसाद नेपाल रहनुभएकाे छ । सस्था २०६४ सालमा जिल्ला प्रशासन कार्यलयमा दर्ता भइ जिल्ला भरि एकल महिलाकाे क्षेत्रमा विभिन्न कार्य गर्दै अाएकाे निबर्तमान अध्यक्ष देबकि पौडेलले बताउनुभयाे ।
जिल्लामा हाल १६ हजार ७ सय एकल महिला यश सस्थामा अाबद्द रहेका छन् ।

प्रतिक्रिया