Logo
गृहपृष्ठ
    • समाचार
    • आर्थिक
    • अन्तरास्ट्रिय
    • खेलकुद
    • राजनीतिक
    • नुवाकोट समाचार
    • मनोरञ्जन
      • विचार
    • स्वास्थ्य/जीवनशैली

नुवाकोटकी भैरवी ढुंगाना राष्ट्रिय कविता महोत्सवमा प्रथम

प्रकाशित मिती: ३० मंसिर २०७७, मंगलवार ०८:४८

नुवाकोट । राष्ट्रिय कविता महोत्सव २०७७ मा नुवाकोटकी भैरवी भूगोल प्रथम भएकी छिन् ।

‘नेपालको गीत’ कविताबाट भूगोलले प्रथम स्थान हासिल गरेकी हुन् । ‘संकल्प’ कविताबाट लमजुङका कवि प्रज्ज्वल अधिकारीले दोस्रो स्थान हासिल गरे । प्रतिष्ठानको ६७औं वार्षिकोत्सवको अवसरमा आयोजित महोत्सवमा ‘आमाको आदेश’ कविताबाट गणेशप्रसाद खतिवडा, ‘आमा ः एक विश्वविद्यालय’ शीर्षकको कविताबाट देवकी अभिलाषी’, ‘समृद्ध नेपालको सपना’ शीर्षकको कविताबाट रेजिना आपगाईले संयुक्त रूपमा तेस्रो स्थान हासिल गरे ।

प्रत्येक वर्ष असारमा आयोजना हुने महोत्सव यस वर्ष भने कोभिड महामारीका कारण मंसिरमा आयोजना भएको हो । देशभरबाट प्राप्त पाँच सयभन्दा बढी कवितामध्येबाट तीस कविता अन्तिम चरणका लागि छनोट भएका थिए ।

पुरस्कृत कविहरूलाई राष्ट्रपतिको समय मिलाएर एक विशेष समारोहका बीच पुरस्कार वितरण गरिने प्राज्ञ सभा सदस्य तथा प्रतिष्ठानका संयोजक कवि शशी लुमुम्बुले जानकारी दिए । प्रतिष्ठानले यस वर्ष पुरस्कार रकम बढाएर पचास हजार पुर्‍याएको थियो । पुरस्कृत कविहरूले क्रमशः पचास हजार, चालीस हजार, तीस हजारको साथमा पदक र प्रमाणपत्र पाउनेछन् ।

शेयर गर्नुहोस् >>

तपाइको प्रतिक्रिया

संबन्धित शीर्षकहरु

क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला भुजेल कांग्रेस प्रवेश
संसद विघटनविरुद्ध नुवाकोट कांग्रेसद्धारा ८८ वटै वडामा प्रर्दशन
संसद विघटनको विरुद्धमा नुवाकोट कांग्रेसले आज वडाहरुमा प्रर्दशन गर्दे
नेपाली कांग्रेसकी नेतृ गिता अमात्यद्धारा रिमाललाई स्वास्थ्य सामाग्रि वितरण
संसद विघटनविरुद्ध नेपाली कांग्रेस नुवाकोटले भोलि सबै वडामा विरोध प्रदर्शन गर्ने
देउवालाई प्रधानमन्त्री स्वीकार्न तयार छु : प्रचण्ड
जानकी माविद्धारा समाजसेवी शुशील खड्का सम्मानित
गाउँपालिकाअध्यक्षका पत्यासि थापाद्वारा बिद्यालयलाई माक्स र सेनिटाईजर बितरण
kerung

ताजा अपडेट

क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला भुजेल कांग्रेस प्रवेश

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ३ मा रहेको क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन...

संसद विघटनविरुद्ध नुवाकोट कांग्रेसद्धारा ८८ वटै वडामा प्रर्दशन

नुवाकोट । प्रधानमन्त्रि केपी शर्मा ओलिले गरेको संसद विघटनको विरोधमा नेपाली कांग्रेुस नुवाकोटले...

  • पाँच दिनभित्र सबै जिल्लामा कोरोना खोप पुर्याइने
  • संसद विघटनको विरुद्धमा नुवाकोट कांग्रेसले आज वडाहरुमा प्रर्दशन गर्दे
  • मुक्तिनाथ विकास बैंकको अधिकांश सूचकमा सुधार
  • सर्लाहीमा बस दुर्घटना २ महिलाको ज्यान गयो १७ घाइते
  • क्षेत्रपाल आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमला भुजेल कांग्रेस प्रवेश
  • संसद विघटनविरुद्ध नुवाकोट कांग्रेसद्धारा ८८ वटै वडामा प्रर्दशन
  • पाँच दिनभित्र सबै जिल्लामा कोरोना खोप पुर्याइने
  • संसद विघटनको विरुद्धमा नुवाकोट कांग्रेसले आज वडाहरुमा प्रर्दशन गर्दे
  • मुक्तिनाथ विकास बैंकको अधिकांश सूचकमा सुधार
प्रकाशक\सम्पादक : शालिकराम चालिसे     संवाददाता : नवराज चालिसे, संगिता लामिछाने     गेर्खु मिडिया प्रा.लि विदुर ११ नुवाकोट    
© Bidurkhabar.com 2018 | All rights reserved
Website By : ssec
फोन: ९८४९८२०९१६ ईमेल : bidurkhabar@gmail.com