नुवाकोटमा सकारविरुद्ध कांग्रेसको प्रर्दशन (फोटो फिचर)

विदुर खबर २०७७ मंसिर २९ गते २०:४०

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटले सोमबार नुवाकोटको सदरमुकाम विदुरमा विशाल प्रर्दशन गरेको छ ।

Advertisement

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशब्यापी प्रदर्शन गरेको छ । काठमाडौंसहित सबै जिल्ला र ठूला सहरहरुमा प्रदर्शन र आमसभा गरेको हो ।कांग्रेसले आयोजना गरेको जुलुस र सभामा नेता कार्यकर्ताको बाक्लो सहभागिता थियो । तनहुँमा नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहार लगायतका घटनाले सर्वसत्तावादको अभ्यासमा सरकार लागेकोले देशैभर प्रदर्शन गर्ने केन्द्रीय सर्कुलर अनुसार नुवाकोटमा पनि विरोध प्रर्दशन गरिएको नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिशश्वरनरसिंह केशीले जानकारी दिए ।

नुवाकोटको सदरमुकाम विदुरबाट शुरु भएको विरोध ¥याली बट्टा पुगेर कोणसभामा परियात भएको थियो । विदुरमा आयोजित विरोध प्रदर्शनमा नेपाली काग्रेसका केन्द्रिय सदस्य डा. चन्द्र भण्डारी, नुवाकोटका सभापति जगदिश्वरनरसिंह केशी, पुर्व जिल्ला सभापति धुव्र अधिकारी लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

Advertisement

कांग्रेसले सोमबारको प्रदर्शनलाई शक्ति प्रदर्शनको अवसरको रुपमा समेत लिएको देखियो । सबैजसो कार्यक्रममा कांग्रेसको झण्डा र राष्ट्रिय झण्डासहित कांग्रेसका नेता कार्यकर्ता सहभागी भएका थिए । उनीहरुले सरकारविरुद्ध उत्तेजक नाराबाजीसमेत गरेका थिए ।

बट्टारमा आयोजित विरोध सभालाई केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले सम्बोधन गरेका छन् । विरोध साभामा नेपाली कांग्रेसका जिल्ला सभापति केशी, युवा नेता रमेश महत, पुर्व सभापति धुव्र अधिकारी, पार्टी सचिव शिव दाहाल, महिला नेतृ गिता अमात्यलगाएतका नेताहरुले सम्बोधन गरेका थिए ।

Advertisement

विरोध सभामा बोल्दै केन्द्रिय सदस्य डा. चन्द्र भण्डारीले नेपालका कम्युनिष्टहरु वास्तविक रुपमा कम्युनिष्ट नभएको भन्दै कमाउनीष्ट भएको बताए । उनले सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै त्यसको प्रतिकार नेपाली जनताले गर्नुपर्ने बताए । उनले सरकार लोकतन्त्र र संविधानको मर्मअनुसार अघि नबढेको भन्दै सरकारलाई जनताले आगामी निर्वाचनमार्फत तह लगाउने बताए ।

यस्तै नेपाली कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केशीले तनहुँमा वरिष्ट नेता रामचन्द्र पौडेलमाथि भएको घटना नियोजित भएको भन्दै त्यस्तो घटना नुवाकोटमा गरेर देखाउन सरकारलाई चुनौती दिए । त्यस्तै नेता रमेश महत, पुर्व सभापति धुव्र अधिकारी, क्षेत्रिय सभापति धुव्र श्रेष्ठ र नेतृ गिता अमात्यले सकारको अधिनायकवादको सबै मिलेर सामना गर्नुपर्ने बताए । उनीहरुले सरकार कोरोना महामारीको समयमा समेत भ्रष्ट्राचारमा अल्मलिएको भन्दै सबैले त्यसको प्रतिकार गनुपर्ने उल्लेख गरे ।

विरोध कार्यक्रममा नेपाली कांग्रेसबाट विभिन्न स्थानिय तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि, विभिन्न व्यवसायीहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया