सरकारविरुद्ध नेपाली कांग्रेस नुवाकोटको सडक संघर्ष

विदुर खबर २०७७ मंसिर २९ गते १५:०८

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटले सरकारबिरुद्ध प्रदर्शन गरेको छ ।

Advertisement

विदुरबाट शुरु भएको विरोध र्याली बट्टारमा पुगेर कोणसभामा परिणत भएको थियो । नेपाली कांग्रेसको केन्द्रिय निर्देशन अनुसार आज नुवाकोटसहित देशभरका ७७ वटै जिल्लाहरुमा एक साथ सरकारबिरुद्ध सडक सघर्षको कार्यधmम भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै कांग्रेसले आ्रन्दोलन घोषणा गरेको छ ।

नुवाकोट नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. चन्द्र भण्डारीको नेतृत्वमा विरोध र्रयाली गरिएको थियो । विरोध र्रयालीमा नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केशी, पुर्व जिल्ला सभापति धुव्र अधिकारी, प्रतिनिधिसभाका सांसद बहादुरसिंह लामा, कांग्रेस सभापति शेरबहादुर देउवाहितका। कांग्रेसबाट विभिन्न स्थानिय तहमा निर्वातिच भएका जनतिनिधिहरु, व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

Advertisement

विरोध सभामा सहाभागी भएकाहरुले सरकार जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै विरोध प्रर्दशन गरेका थिए ।

प्रतिक्रिया