नुवाकोटमा कोरोना संक्रमित एकहजार नजिक

विदुर खबर २०७७ मंसिर २९ गते ९:१३

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या एक हजार नजिक पुगेको छ ।

Advertisement

जिल्लामा दैनिक कोरोना संक्रमितको संख्यामा केही कमि आएपनि हरेक दिन संक्रमित भेटिनुले जोखिम कायमै रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार हालसम्म नुवाकोटम ८ हजार ६५ जनाको पिसिआर परिक्षण हुँदा ९ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ६ सय ४९ पुरुष र २ सय ९४ महिला रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
यस्तै नुवाकोटका ६ सय ८८ जना कोरोना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए । जिल्लाका संक्रमितमध्ये विदुर नगरपालिकाका नागरिकहरु बढी रहेको कार्यालयको भनाई छ । जिल्लामा रहेका कुल संक्रमितमध्ये विदुर नगरपालिकाका ५ सय ५३ जना रहेका छन् ।

हालसम्म नुवाकोटमा एक जना कोरोना संक्रमितको ज्यान गएको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए । खनालका अनुसार हाल जिल्लामा सक्रिय कोरोना संक्रमितके संख्या २ सय ५३ रहेको छ । जसमध्ये २ सय ४९ जना होम आइसोलेसनमा र ४ जना अस्पतालमा उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

नुवाकोेटमा रहेका कुल १२ स्थानियतहमध्ये सबैभन्दा कम कोरोना संक्रमित म्यागड गाउँपालिकामा १० जना रहेका छन् ।

प्रतिक्रिया