भ्रष्ट्राचार र वेतिथीवरुद्ध कांग्रेस नुवाकोटले भोलि विदुरमा विरोध प्रर्दशन गर्दे

विदुर खबर २०७७ मंसिर २८ गते २१:०१

चन्द्र भण्डारीले सम्बोधन गर्दे

नुवाकोट । सरकारको भ्रष्ट्राचार र वेतिथिविरुद्ध नेपाली कांग्रेस नुवाकोटले भोलि विदुरमा विरोध प्रर्दशन गर्ने भएको छ ।

Advertisement

प्रदर्शनका लागि पार्टीका सबै तहबाट प्रदर्शनको तयारी तिव्र पारिएको नुवाकाेट कांग्रेसका सभापति जग्द्वीश्वर नरसिंह केसीले जानकारी दिए । पार्टीको मंसिर २९ सोमबारको देशव्यापी प्रदर्शन अन्तर्गत नुवाकाेटकाे पाटि अफिस बाट शुरु हुने प्रदर्शन विदुर लाेकतान्त्रिक चाेक हुँदै बटार बजारमा पुगेर कोणसभामा परिणत हुने छ ।

कोणसभालाई नेपाली काँग्रेसका पर्खर बक्त्ता केन्दिय सदस्य चन्द्व भन्डारीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । काँग्रेसले सरकारको अधिनायकवादी चिन्तन, व्यवहार, बेथिति र बढ्दो भ्रष्टाचार विरुद्व ७७ जिल्लामा नै प्रदर्शन गर्दै छ ।नुवाकाेट काँग्रेसले प्रदर्शनमा सहभागी हुने पार्टीका सम्पूर्ण क्रियाशील सदस्य, भातृ तथा शुभेच्छुक संघ संस्था, बुद्विजीवी, उद्योगी व्यवसायीलाई आव्हान गरेको छ ।

Advertisement

प्रतिक्रिया