नुवाकोटमा राजावादीको शत्ति प्रर्दशन

विदुर खबर २०७७ मंसिर २८ गते १७:०८

नुवाकोट । नुवाकोटमा राजाबादीहरुले मोटरसाइकल ¥याली निकालेका छन् ।

Advertisement

उनीहरुले ‘राजा आउ देश बचाउ’ भन्दै विदुरदेखि बट्टारबजारसम्म प्रर्दशन गरेका हुन् । राप्रपा एवंम संयुत्त राष्ट्रबादी संघर्ष समितिको आयोजनामा गरिएको शक्ति प्रर्दशनका क्रममा नेकपा र नेपाली कांग्रेसमा आस्था राख्ने युवाहरुको समेत सहभागिता रहेको थियो ।
प्रदर्शनका क्रममा सहभागिहरुले राजा आउद देश बचाउ, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, जस्ता नारा लगाएका थिए । राजावादीहरुको प्रदर्शनलाई मध्येनजर गर्दै स्थानीय प्रशासनले चोकचोकमा प्रहरी परिचालन परिचालन गरेको थियो ।

¥याली नुवाकोट आर्दश बहुमुखी क्याम्पसमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गदै रााष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालको राजसंस्थाले संकट परेको बेलामा नेपाल र नेपालीको रक्षा गरेको बताए । उनले नेपालमा राजतन्त्र अत्यन हुनुमा नेपालका नेताहरुलाई प्रभावमा पारेर डलरको खेती गरेको बताए । उनले सरकार र नेकपा पार्टी भ्रष्ट्राचारमा लिप्त भएको भन्दै जनताले खबरदारी गर्नुपर्ने बताए । उनले देशमा अन्याय अत्याचार बढेको भन्दै त्यसको विरुद्ध नागरिक समाज र जनताहरुले आवाज उठाउनुपर्ने बताए । उनले भ्रष्ट्राचार अत्यको लागि जनता र नागरिक समाजले आवाज नउठाउने हो भ्रष्ट्राचार नरोकिने बताए । डा. लोहनीले नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्छ भन्ने मान्यतामा आफुहरु प्रष्ट रहेको बताए ।

Advertisement

कोणसभालाई सम्बोधन गर्दे वरिष्ट अधिवत्ता डा. वालकृष्ण न्यौपानेले नेपाली जनताले पार्टीमा विश्वास गर्न छाडेको भन्दै जनता सडकमा उत्रनुपर्नुे बताए । उनले नेपालमा रहेका कम्युनिष्टहरु कमाउनी भएको भन्दै जनता तिरेको करको सदुपयोग हुन नसकेको बताए ।
प्रदर्शनका क्रममा प्रर्दशनकारीले राजन्तत्रको विकल्प नभएको प्लेकार्ड समेत बोकेका थिए। राजबादीको आन्दोलनमा नेकपा र नेपाली काँग्रेसका युवा समेत सहभागि हुनुले पनि अहिलेको व्यवस्थामा संकट आउन सक्ने नुवाकोटका अगुवाहरु बताउँछन् । प्रर्दशनको लागि भन्दै गाउँगाउँबाट मानिसहरु आएका थिए ।

मोटरसाइकल र्याली विदुरको लोकतानित्रक चौतारो्बाट शुरु भएर बट्टारमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा झण्डै २ हजारभन्दा बढीको सहभागिता रहेका आयोजकले बताएको छ ।

Advertisement

प्रतिक्रिया