काँग्रेसका युवा नेता मिश्रको पहलमा बनेको काडेपानी चौतारो उदघाटन

नुवाकोट। नुवाकोटको पञ्चकन्या गाँउपालीका २ कबिलास काडेपानी स्थीत काडेपानी चौतारोको एक भव्य कार्यक्रमका बिच उदघाटन गरिएको छ ।
नेपाली काँग्रेस नुवाकोटका नेता एवं प्रदेश सभा सदस्यका उम्मेद्धवार रमेश महतले नवनिर्मीत चौतारोको उदघाटन गर्नुभएको हो ।
पञ्चकन्या २ कबिलास काडेपानि स्थित स्वर्गीय भुवन प्रसाद अर्याल एवंम तारादेवि अर्याल द्वारा निशुल्क रुपमा दिएको जग्गामा निर्मित ऐतिहासिक काडेपानि चौतारो करिव चार लाख लागतमा निर्माण गरिएको हो ।
स्थानीय युवा व्यवसायी एवं नेपाली काँग्रेस नुवाकोटका युवा नेता कृष्ण मिश्रको पहलमा पञ्चकन्या गाउँपालिका भित्र रहेको पुरानो तथा ऐतिहासिक चौताराहरुको ब्यवस्थित रुपमा निर्माण गर्ने अभियान अन्तर्गत पहिलो चौतारोको रुपमा निर्माण गरिएको हो । मिश्रका अनुसार पञ्चकन्या गाँउपालीकाको ५ वटा वडामा ७ वटा चौतारो निर्माण गरिने छ । चौतारो निर्माणका क्रममा सरकारी निकायमा गएर सहयोग नलिने बताँउदै नेता मिश्रले स्थानीयबासीहरुबाट प्राप्त हुने सहयोगमा नपुग रकम थप गरेर आफैलेनै निर्माण सम्पन्न गराउन लागिएको बताउनुभयो ।
निर्मित चौतारोको उदघाटन गर्ने क्रममा नेपाली कांग्रेस नुवाकोटको जिल्ला सदस्य एंवम पञ्चकन्या गाउँपालिकाकी उपाध्यक्ष सीता पराजुली खड्का , नेपाली कांग्रेस नुवाकोटको जिल्ला सदस्य बैकुण्ठ मिश्र , जि पि फाउन्डेसन नुवाकोटको अध्यक्ष रमेशकुमार पाठक ,पुर्व गाबिस अध्यक्षहरु गणेश प्रसाद मिश्र ,माधव प्रसाद खनाल ,क्षेत्रीय सचिव महानन्द ढकाल ,नेपाली कांग्रेस नुवाकोटको संगठन बिभाग सचिव जगदिश कुईकेल लगायतले सामाजीक काममा अग्रसर भएका मिश्र समाजका उदाहारणीय पात्र रहेको बताँउदै उहाँबाट सबैले पाठ सिक्नु पर्ने बताउनुभयो ।
चौतारो निर्माण गरिदिने स्थानीय युवा व्यवसायी एवं नेपाली काँग्रेस नुवाकोटका युवा नेता कृष्ण मिश्रले कार्यक्रममा सहभागी भई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा चौतारो निर्माणको क्रममा सहयोग गर्ने सहयोगीहरुलाई सम्मान समेत गरिएको थियो ।


प्रतिक्रिया