नुवाकोटमा राजतन्त्रको माग गर्दे आज प्रर्दशन
नुवाकोट । राज संस्था पुनःस्थापना सहित हिन्दु राज्यको माग गर्दे आज नुवाकोटमा वृहत प्रर्दशन हुने भएको छ ।
राप्रपा एवंम संयुत्त राष्ट्रबादी संघर्ष समितिको आयोजनामा वृहत प्रर्दशन हुन लागेको राप्रपा नुवाकोटका अध्यक्ष कुलवहादुर खड्कीले जानकारी दिए ।राप्रपा नुवाकोट सहित विभिन्न ९ संघसंस्थाले राजसंस्था पुनःस्थापना सहित हिन्दु राज्यको माग गर्दै प्रर्दशन तयारी गरेका हुन् । अहिलेको शासन व्यवस्थाभन्दा राजा आएकै राम्रो हुने देखिएको भन्दै प्रर्दशनमा उत्रने तयारी गरेको जानकारी दिएको छ । सं
विधानमा सबै धर्मको रक्षा गर्दे धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र कायम गर्नुपर्ने तथा संवैधानिक राजसंस्था पुनस्थापना गर्नुपर्ने र संघियताको पुनरावलोकन गर्नुेपर्ने मागसहित आफुहरु शाान्तिपुर्ण विरोधमा उत्रन लागेको राप्रपाका केन्द्रिय कार्यसमिति सदस्य झनक प्याकुरेलले जानकारी दिए ।
प्रर्दशन दिउँसो ११ बजे विदुरको लोकतान्त्रि चौतारोबाट शुरु भई नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टार पुगेर कोणसभामा परिर्वतन हुने बताईएको छ ।भेलालाई रााष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सम्बोधन गर्ने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया