राजसंस्थाको माग गर्दै नुवाकोटमा आईतवार वृहत प्रर्दशन हुने (भिडियोसहित)

विदुर खबर २०७७ मंसिर २६ गते १८:०५

नुवाकोट । राज संस्था पुनःस्थापना सहित हिन्दु राज्यको माग गर्दे यहि मंसिर २८ गते आईतवार नुवाकोटमा वृहत प्रर्दशन हुने भएको छ ।

Advertisement

राप्रपा एवंम संयुत्त राष्ट्रबादी संघर्ष समितिको आयोजनामा वृहत प्रर्दशन हुन लागेको राप्रपा नुवाकोटका अध्यक्ष कुलवहादुर खड्कीले शुक्रवार विदुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

राप्रपा नुवाकोट सहित विभिन्न ९ संघसंस्थाले राजसंस्था पुनःस्थापना सहित हिन्दु राज्यको माग गर्दै प्रर्दशनको तयारी थालेका हुन् । अहिलेको शासन व्यवस्थाभन्दा राजा आएकै राम्रो हुने देखिएको भन्दै प्रर्दशनमा उत्रने तयारी गरेको आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । संविधानमा सबै धर्मको रक्षा गर्दे धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र कायम गर्नुपर्ने तथा संवैधानिक राजसंस्था पुनस्थापना गर्नुपर्ने र संघियताको पुनरावलोकन गर्नुेपर्ने मागसहित आफुहरु शाान्तिपुर्ण विरोधमा उत्रनु परेको राप्रपाका केन्द्रिय कार्यसमिति सदस्य झनक प्याकुरेलले जानकारी दिए ।

Advertisement

प्रर्दशन दिउँसो ११ बजे विदुरको लोकतान्त्रि चौतारोबाट शुरु भई नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टार पुगेर कोणसभामा परिर्वतन हुने बताईएको छ ।

भेलालाई रााष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सम्बोधन गर्ने बताइएको छ ।

Advertisement

https://fb.watch/2j7A_Dr_yS/

 

 

प्रतिक्रिया