त्रिशुली थ्रि बि जलविद्युतको काम ठप्प
नुवाकोट । नेपाल विद्युत प्राधिकरण अन्तरगतका कम्पनी तथा सहायक कम्पनीले बनाइरहेका साढे सात सय मेगावाट बराबरका आयोजानाहरु आगामी असार अगावै सकिनुुपर्छ । तर, यिमध्ये कुनै पनि आयोजनामा असार अगावै सकिने गरी काम भइरहेको छैन ।
सुरुको लक्ष्यअनुसार आगामी चैत अगावै सकिनुपर्ने हो, ३७ मेगावाटको माथिल्लो त्रिशुली थ्री बी जलविद्युत आयोजना । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनताको जलविद्युत’ कार्यक्रम अन्तरगत २० कित्ता सेयर किनेको यो आयोजना करिब एक वर्षदेखि कोमामा छ । यो कम्पनीमा नेपाल टेलिकमको पनि लगानी छ ।
गत वर्ष नयाँ वर्ष मनाउन आयोजनाका चिनियाँ प्राविधिक घर फर्किएपछि चीनमा लकडाउन भयो । त्यही बेलादखि नै आयोजना प्रभावित बन्न थालेको थियो । त्रिशुली जलविद्युत कम्पनीका प्रवन्ध सञ्चालक मोहन गौतमका अनुसार चीनको लकडकाउन सकिएपछि नेपालको लकडाउनले उनीहरुलाई रोक्यो । त्यसपछि काम थाल्न आएका ११-१२ जना चिनियाँ प्राविधिक चीनमा कोरोना भ्याक्सिन लगाउने अभियान सुरु भ्एपछि फेरि फर्किएका छन् ।
‘भ्याक्सिनको पहिलो र दोस्रो डोज लगाउन २१ दिनको ग्याप चाहिने रहेछ,’ गौतमले भने, ‘अब जनवरीमा उनीहरु फर्किन्छन् होला ।’ यो आयोजनामा ४७ प्रतिशत भौतिक प्रगति भएको छ । सबै कामको जिम्मा चीनको सुईफा एएनएचई ग्रुपले पाएको छ । तर, अहिले ठेकदारको कोही प्रतिनिधि फिल्डमा छैनन् । साइटमा काम ठप्प छ ।
आयोजनाका निर्माण उपकरण चिनियाँ नाका अडि्कएको छ । लामो समयदेखि ती सामानको भन्सार जाँचपास हुन सकेको छैन । २०२१ मार्चमा सक्ने भनिएको यो आयोजना दुईवर्ष पछाडि धकेलिने अवस्था देखिएको प्रवन्ध सञ्चालक गौतम बताउँछन् ।
८ अर्ब २२ करोड लागतमा सक्ने लक्ष्य राखिएको यो आयोजना समयमै नसकिँदा सम्भावित लाभ पनि गुम्ने अवस्था आएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया