नुवाकोटमा कोरोना संक्रमितको संख्या ९ सय ३१ पुग्यो

विदुर खबर २०७७ मंसिर २५ गते १९:२४

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या ९ सय ३१ पुगेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ३ जना कोरोना संंक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ९ सय ३१ पुगेको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगरपालिकाका ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा जिल्लाका ४८ जनाको पिसिआर परिक्षण हुँदा ३ जनामा कोरोना सक्रमण देखिएको खनालले जानकारी दिए ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका १५ जना कोरोना संक्रमित निको भएर घर फर्किएको खनालले बताए । यससँगै नुवाकोटमा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ६ सय ६१ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया