नुवाकोटमा कोरोना संक्रमितको संख्या ९ सय ३१ पुग्यो
विदुर खबर
२०७७ मंसिर २५ गते १९:२४
नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या ९ सय ३१ पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ३ जना कोरोना संंक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ९ सय ३१ पुगेको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगरपालिकाका ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा जिल्लाका ४८ जनाको पिसिआर परिक्षण हुँदा ३ जनामा कोरोना सक्रमण देखिएको खनालले जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका १५ जना कोरोना संक्रमित निको भएर घर फर्किएको खनालले बताए । यससँगै नुवाकोटमा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ६ सय ६१ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते
मध्य अमेरिकामा शक्तिशाली आँधी र वर्षाको चेतावनी





प्रतिक्रिया