बट्टारको ईपिक किड्स वल्डले मनायो तेस्रो वार्षिकउत्सव
विदुर खबर
२०७७ मंसिर २५ गते १८:५४
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा रहेको ईपिक किड्स वल्डले तेस्रो वार्षिकउत्सव मनाएको छ ।
बिहिबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि ईपिक किड वल्डले तेस्रो वार्षिकउत्सव मनाएको विद्यालयकी अध्यक्ष मञ्जु चित्रकार जानकारी दिइन् । वि.स. २०७४ सालमा स्थापना भएको ईपिक किड्स वल्डले नुवाकोटमा रहेका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको विद्यालयका प्रध्यानाअध्यापक सुनिता काफ्ले बताइन् ।
नुवाकोटमा बढ्दो सहरीकरणसँगै शिक्षाको लागि गुणस्तरीय विद्यालयको अभाव भएसँगै ईपिक किड्स वल्र्ड संचालनमा आएको विद्यालयकी को—अडिनेटर सुनिता श्रेष्ठले जानकारी दिइन् ।
प्ले गु्रपदेखि युकेजीसम्म अध्यापन भइरहेको ईपिक किड्स वल्डमा ७० जनाभन्दा बढी बालबालिकाहरु अध्ययन गरिरहेको विद्यालयले जनाकारी दिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया