बट्टारको ईपिक किड्स वल्डले मनायो तेस्रो वार्षिकउत्सव

विदुर खबर २०७७ मंसिर २५ गते १८:५४

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा रहेको ईपिक किड्स वल्डले तेस्रो वार्षिकउत्सव मनाएको छ ।

Advertisement

बिहिबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि ईपिक किड वल्डले तेस्रो वार्षिकउत्सव मनाएको विद्यालयकी अध्यक्ष मञ्जु चित्रकार जानकारी दिइन् । वि.स. २०७४ सालमा स्थापना भएको ईपिक किड्स वल्डले नुवाकोटमा रहेका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको विद्यालयका प्रध्यानाअध्यापक सुनिता काफ्ले बताइन् ।

नुवाकोटमा बढ्दो सहरीकरणसँगै शिक्षाको लागि गुणस्तरीय विद्यालयको अभाव भएसँगै ईपिक किड्स वल्र्ड संचालनमा आएको विद्यालयकी को—अडिनेटर सुनिता श्रेष्ठले जानकारी दिइन् ।

Advertisement

प्ले गु्रपदेखि युकेजीसम्म अध्यापन भइरहेको ईपिक किड्स वल्डमा ७० जनाभन्दा बढी बालबालिकाहरु अध्ययन गरिरहेको विद्यालयले जनाकारी दिएको छ ।

प्रतिक्रिया