नुवाकोटमा राजतन्त्रको माग गर्दे प्रर्दशनको तयारी

नुवाकोट । राज संस्था पुनःस्थापना सहित हिन्दु राज्यको माग यहि मंसिर २८ गते आईतवार नुवाकोटमा वृहत प्रर्दशन हुने भएको छ ।
संयुत्त राष्ट्रबादी संघर्ष समितिको आयोजनामा विभिन्न ९ संघसंस्थाले राजसंस्था पुनःस्थापना सहित हिन्दु राज्यको माग गर्दै प्रर्दशनको तयारी थालेका हुन् । उनीहरूले ‘राजा आउ देश बचाउ, हिन्दु राज्य कायम गर’ लगायतका नारा लगाउने तयारी गरेका छन् ।
राजावादी बाहेक अन्य दलका कार्यकर्ताहरूले समेत खुलेरै सामाजिक सञ्जाल मार्फत उक्त प्रदर्शनमा सहभागी हुन समेत सबैलाई आग्रह गरेका छन् । अहिलेको शासन व्यवस्थाभन्दा राजा आएकै राम्रो हुने देखिएको भन्दै प्रर्दशनमा उत्रने तयारी गरेको आयोजकले जनाएको छ ।
प्रर्दशन दिउँसो ११ बजे विदुरको लोकतान्त्रि चौतारोबाट शुरु भई नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टार पुगेर कोणसभामा परिर्वतन हुने बताईएको छ । भेलालाई रााष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सम्बोधन गर्ने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया