नुवाकोट उद्योग वाणिज्य संघद्धारा महासंघका केन्द्रिय सदस्य श्रेष्ठको स्वागत

विदुर खबर २०७७ मंसिर २४ गते १९:३४

नुवाकोट । नुवाकोट उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य राजन श्रेष्ठलाई स्वागत गरेको छ ।

Advertisement

उद्योग वाणिज्य संघ नुवाकोटले बुधवार विदुरमा एक कार्यक्रमको आयोजना गर्दे नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित सदस्य श्रेष्ठलाई स्वागत गरेको हो । स्वागत कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले श्रेष्ठको विजयले सबै व्यवसायीको ध्यान नुवाकोटतर्फ केन्द्रित रहेको बताए । उनले श्रेष्ठले जिल्ला नगरतर्फ सर्वाधिक मत ल्याएर विजयी भएको भन्दै त्यसबाट नुवाकोटले उद्योग वाणिज्यका क्षेत्रमा महत्वपुर्ण उपलब्धी हासिल गर्ने बताए ।

स्वागत कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य संघका नवनिर्वाचित सदस्य राजन श्रेष्ठले आफ्नो कार्यकालमा जिल्ला, नगर र प्रदेश महासंघहरुलाई सवलिकरण गर्दे त्यसमार्फत उद्यमी ब्यवसायीहरुको हक अधिकार स्थापित गर्न लागिपर्ने बताए । कोरोना संक्रमणबाट आर्थिक क्षेत्रमा सिर्जित समस्याहरुलाई संबोधन गर्दे आर्थिक क्षेत्रलाई लयमा फर्काउन आफुहरुले पहल गर्ने उनले दाबी गरे ।

Advertisement

यस्तै रोजगारदाता र श्रमिकहरुको संबन्धको पाटोलाई मजबुत बनाउने र त्यसमार्फत औद्योगिक शान्तिको वातावरण निर्माण गर्न निरन्तर बहस पैरबी गर्ने बताउँदै श्रेष्ठले आर्थिक बिकासका नयाँ सम्भावनाहरुको पहिचान गर्ने र मुलुकको आर्थिक समृद्धिको अभियानलाई सार्थक बनाउन समेत हरदम प्रयत्नशील रहने प्रतिबद्धता समेत जनाएका छन् ।

स्वागत तथा शुभकामना कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया