नुवाकोट उद्योग वाणिज्य संघद्धारा महासंघका केन्द्रिय सदस्य श्रेष्ठको स्वागत
नुवाकोट । नुवाकोट उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य राजन श्रेष्ठलाई स्वागत गरेको छ ।
उद्योग वाणिज्य संघ नुवाकोटले बुधवार विदुरमा एक कार्यक्रमको आयोजना गर्दे नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित सदस्य श्रेष्ठलाई स्वागत गरेको हो । स्वागत कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले श्रेष्ठको विजयले सबै व्यवसायीको ध्यान नुवाकोटतर्फ केन्द्रित रहेको बताए । उनले श्रेष्ठले जिल्ला नगरतर्फ सर्वाधिक मत ल्याएर विजयी भएको भन्दै त्यसबाट नुवाकोटले उद्योग वाणिज्यका क्षेत्रमा महत्वपुर्ण उपलब्धी हासिल गर्ने बताए ।
स्वागत कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य संघका नवनिर्वाचित सदस्य राजन श्रेष्ठले आफ्नो कार्यकालमा जिल्ला, नगर र प्रदेश महासंघहरुलाई सवलिकरण गर्दे त्यसमार्फत उद्यमी ब्यवसायीहरुको हक अधिकार स्थापित गर्न लागिपर्ने बताए । कोरोना संक्रमणबाट आर्थिक क्षेत्रमा सिर्जित समस्याहरुलाई संबोधन गर्दे आर्थिक क्षेत्रलाई लयमा फर्काउन आफुहरुले पहल गर्ने उनले दाबी गरे ।
यस्तै रोजगारदाता र श्रमिकहरुको संबन्धको पाटोलाई मजबुत बनाउने र त्यसमार्फत औद्योगिक शान्तिको वातावरण निर्माण गर्न निरन्तर बहस पैरबी गर्ने बताउँदै श्रेष्ठले आर्थिक बिकासका नयाँ सम्भावनाहरुको पहिचान गर्ने र मुलुकको आर्थिक समृद्धिको अभियानलाई सार्थक बनाउन समेत हरदम प्रयत्नशील रहने प्रतिबद्धता समेत जनाएका छन् ।
स्वागत तथा शुभकामना कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













एमाले नेता खड्काद्धारा विद्यार्थीहरुलाई झोला वितरण
स्पेनको ‘बुलफाइट’ बिर्साउने नुवाकोटको गोरु जुधाइ
तादीमा जिल्ला स्तरीय वडा कप भलिबल प्रतियोगिता शुरु
नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन
आजदेखि सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने





प्रतिक्रिया