नुवाकोटका विद्यालय पुनर्निर्माणमा एक अर्ब ४१ करोड खर्च

विदुर खबर २०७७ मंसिर २४ गते १०:५९

नुवाकोट । वि.स २०७२ सालको भुकम्पमा परि ध्वस्त भएका नुवाकोटका विद्यालयहरु पुननिर्माण गर्न करिव एक अर्व ४१ करोड रुपैयाँ खर्च भएको छ ।

Advertisement

जिल्ला आयोजना कार्यान्यन इकाई शिक्षा नुवाकोटका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा विद्यालय पुन निर्माणका लागि २१ करोड, ३९ लाख,५७ हजार रुपैयाँ, आर्थिक वर्ष २०७४÷७५ मा ४८ करोड २४ लाख १२ हजार रुपैयाँ, आर्थिक वर्ष २०७५÷७६ मा विद्यालय र शौचालय निर्माणको लागि ३४ करोड ५ लाख ८० हजार र आर्थिक वर्ष २०७६÷७७ मा विद्यालय,शौचालय र खानेपानीका लागि ३७ करोड ८३ लाख २ हजार रुपैयाँ खर्च भएको छ ।

जिल्लामा आर्थिक वर्ष २०७३÷७४ देखि आर्थिक वर्ष २०७६÷७७ सम्म नेपाल सरकारको अनुदानमा विद्यालय व्यवस्थापन समितिमार्फत २ सय ७७ ओटा विद्यालयको ७ सय ८८ कक्षा कोठाको पुननिर्माण भएको जिल्ला आयोजना कार्यान्यन इकाई शिक्षा नुवाकोटले जनाएको छ ।
ककनीमा २५ वटा विद्यालयका ९४ वटा कक्षाकोठा, किस्पाङमा १४ ओटा विद्यालयको ५२ ओटा कक्षाकोठा, तादीमा १४ वटा विद्यालयकाृे ४३ ओटा कक्षाकोठा, तारकेश्वरमा २० वटा विद्यालयको ७५ ओटा कक्षाकोठाको निर्माण गरिएको छ ।

Advertisement

यस्तै दुप्चेश्वरमा २६ वटा विद्यालयको ८१ कक्षाकोठा, पन्चकन्यामा १२ ओटा विद्यालयको ५४ ओटा कक्षाकोठा,, विदुरमा २७ वटा विद्यालयको ९८ ओटा कक्षाकोठाको पुननिर्माण सम्पन्न भएको छ । त्यस्तै बेलकोटगढी नगरपालिकाको १५ विद्यालयको ६९ ओटा कक्षाकोठाको पुननिर्माण सकिँदा, म्यागङ गाउँपालिकामा १७ ओटा विद्यालयको ६० कक्षाकोठा, लिखु गाउँपालिकाका ११ ओटा विद्यालयको ४५ ओटा कक्षाकोठाको पुन निर्माण सकिएको छ । त्यस्तै शिवपुरीमा २३ ओटा विद्यालयको पुननिर्माण सकिँदा ८५ ओटा कक्षाकोठाको पुननिर्माण सकिएको छ भने सुर्यगढी गाउँपालिकामा १३ ओटा विद्यालयको ४१ ओटा कक्षाकोठाको पुननिर्माण व्यवस्थापन समितिमार्फत सम्पन्न भएको छ ।

यस्तै जापान सरकारको क्रृण सहयोगमा ५७ ओटा विद्यालयको लागि २ अर्व १५ करोड ३० लाख ८५ हजार रुपैयाँ विपद उत्थानशिल विद्यालय परियोजनामार्फत ६ ओटा विद्यालय पुननिर्माण भइरहेको छ । त्यसको लागत २४ करोड ८७ लाख ५४ हजार रुपैया हुने अनुमान गरिएको जिल्ला आयोजना कार्यान्यन इकाई शिक्षा नुवाकोटले जनाएको छ । भुकम्प जानुअघि नुवाकोटमा ४ सय ५३ ओटा विद्यालयहरु रहेका थिए । तीमध्ये भुकम्पका कारण ३ सय ६४ विद्यालय पुर्ण क्षति र एकसय २० वटा विद्यालयमा आंशिक क्षति पुगेको थियो ।

Advertisement

प्रतिक्रिया