नेकपा नुवाकोटका नेताहरु गुटको गुणगानमा मग्न

विदुर खबर २०७७ मंसिर २४ गते १०:४५

नुवाकोट । केन्द्रमा देखिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद जिल्ला जिल्लामा पुगेको छ । यसको प्रभाव नुवाकोटमा पनि देखिएको छ । नुवाकोटमा प्रधानमन्त्री के.पी ओली र प्रचण्ड माधव नेपाल गुटका नेता तथा कार्यकर्ता आ आफ्नो गुटका् गुणगानमा मग्न बनेका छन् ।

Advertisement

नुवाकोटमा नेकपाको गुटगत विकृतीको स्वरुप चरम उत्कर्षकरुपमा देखा परेको छ । पछिल्लो समय नुवाकोटमा पहिलेको तुलनामा गुटगत स्वार्थमा रमाउने कार्यकर्ताको समेत वृद्धि भएको छ । सरकारले गरेको कामलाई पार्टीगत गरि जनतामाझ जानुपर्नेमा नेकपा नुवाकोटका नेताहरु भने आआफ्नो गुटका नेताहरुको कारण उपलब्धी हासिल भएको भन्दै अर्काे गुटको खोइरो खन्दै हिँडिरहेका छन् । यसको पछिल्लो उदाहरण गत साता एक प्रदेशसभा सदस्यले विदुर नगरपालिकाको वडा नम्बर १० मा औद्योगिक ग्राम बन्ने विषय सामाजिक संजालमा राखे ।

उनका गुटहरुले प्रदेशसभा सदस्यहको भजन किर्तन गाउँदै ति प्रदेश सभा सदस्य नभएको भए औद्योगिक ग्राम नै नबन्ने झै बखान गरे । फेरि अर्काे पक्षले फलानो सांसद र स्थानिय तहका प्रमुखको कारण औद्योगिक ग्राम संभव भएको भन्ने थाले । तर कुनैपनि पक्षले नेकपा सरकारको कारण जिल्लामा औद्योगिक ग्राम बन्ने अवस्था आएको भनेर भन्न सकेनन् । यस्तै केही समयअघि विदुर नगरपालिकाले पिसिआर परिक्षण ल्याब स्थापनाको तयारी हुँदा पनि गुटको विद््रप रुप नेकपाका नेताहरुले देखाएका थिए ।

Advertisement

केही महिना अघि जिल्ला अध्यक्ष हिरानाथ खतिवडाले पार्टीका केन्द्रिय अध्यक्ष के.पी शर्मा ओलीमा जंगबहादुरको रुप देखिएको टिप्पणी गरेका थिए । उनको सो भनाई पछि नुवाकोटमा हंगामा मच्चिएको थियो । जिल्लामा केही लाखको योजना पर्दा समेत सिमित गुटका नेता कार्यकर्ताहरुले आफ्नै नेताको जयजय गाएर पार्टीलाई ओझेलमा पार्दै आएका छन् । पुर्व नेकपा एमाले र पुर्व माओवादी केन्द्रबीच चुनावी गठबन्धनको कारण जिल्लामा प्राप्त राजनितिक सफलतालाई जोगाई राख्न यस्ता गुटले पक्कै मद्धत भने नगर्ने सरोकारवालाहरु बताउँछन् ।

जिल्लामा यसअघि कहिल्यै राजनीतिक उपलब्धी प्राप्त हुनुमा चुनावी गठबन्धन नै हो भन्ने हेक्का नराखेकोले पार्टी एकीकरण हुँदा समेत मन एकीककरण हुन सकेको प्रष्ट देखिन्छ । पटिल्लो समय नेकपाभित्र जिल्लामा पनि चरम गुटबन्दी मौलाएको छ । यसले गर्दा जिल्लामा गुटको सक्रियता बढेको छ भने पार्टीको सक्रियतामा कमि आएको छ । पाटीगतभन्दा गुटगत छलफल बढ्नुले जिल्लामा नेकपाको जिल्लामा आगामी दिन सुनौलो हुन नसक्ने स्पष्ट छ ।

Advertisement

एउटा गुटले अर्काेलाई खुईलाउने प्रवृतिले पार्टीमा गम्भीर संकट आउने निश्चित छ । एकले अर्काेलाई सत्तोसराप गर्ने, आफ्ना गुटका नेता राम्रो र अर्काे गुटका नेता नराम्रो भन्ने प्रवृतिले समग्रमा जिल्लाको राजनितिक भविष्य संकटमा पर्ने सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया