विदुर नगरपालिकामा आज थप १६ कोरोना संक्रमित थपिए

विदुर खबर २०७७ मंसिर २३ गते १५:५०

नुवाकोट । नुवाकोटमा आज थप १६ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा थप १६ जना कोरोना संक्रमित भेटिएका हुन् । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगरपालिकाका १२ पुरुष र ४ महिलासहित १२ जनामा कोरोना संक्रमण भएको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

यससँगै नुवाकोटका कोरोना संक्रमितको संख्या ९ सय १८ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ । यस्तै जिल्लामा २ सय ७१ जना कोरोनाका सक्रिय संक्रमित रहेको कार्यालयको भनाई रहेको छ । संक्रमितमध्ये २ सय ६६ जना होम आइसोलेसनमा र ५ जना अस्पतालमा उपचाररत रहेको कार्यालयको भनाई रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका ३ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त हुनेको संख्या ६ सय ४६ पुगेको छ ।

Advertisement

हालसम्म नुवाकोटका ७ हजार ९ सय १६ जनाको पिसिआर परिक्षण हुँदा कोरोनको कारण एक महिलाको ज्यान गएको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए ।

प्रतिक्रिया