विदुर नगरपालिकामा आज थप १६ कोरोना संक्रमित थपिए
नुवाकोट । नुवाकोटमा आज थप १६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा थप १६ जना कोरोना संक्रमित भेटिएका हुन् । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगरपालिकाका १२ पुरुष र ४ महिलासहित १२ जनामा कोरोना संक्रमण भएको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
यससँगै नुवाकोटका कोरोना संक्रमितको संख्या ९ सय १८ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ । यस्तै जिल्लामा २ सय ७१ जना कोरोनाका सक्रिय संक्रमित रहेको कार्यालयको भनाई रहेको छ । संक्रमितमध्ये २ सय ६६ जना होम आइसोलेसनमा र ५ जना अस्पतालमा उपचाररत रहेको कार्यालयको भनाई रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका ३ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त हुनेको संख्या ६ सय ४६ पुगेको छ ।
हालसम्म नुवाकोटका ७ हजार ९ सय १६ जनाको पिसिआर परिक्षण हुँदा कोरोनको कारण एक महिलाको ज्यान गएको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया