नुवाकोटमा आज ४३ जना कोरोना संक्रमित थपिए,संक्रमितको संख्या ९ सय पुग्यो

विदुर खबर २०७७ मंसिर २० गते १९:३७

नुवाकोट । नुवाकोटमा आज ४३ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका एकसय १५ जनाको पिसिआर परिक्षण हुँदा ४३ जना कोरोना संक्रमित भेटिएका हुन् । स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो १४ घण्टामा विदुर नगरपालिकाका १७ जना, पन्चकन्या गाउँपालिकाका १२ जना, वेलकोटगढी नगरपालिकाm तादी गाउँपालिका र किस्पाङ गाउँपालिकामा समान ३÷ ३ जना, लिखु र तारकेश्वर गाउँपालिकामा समान २÷२ जना र ककनी गाउँपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको हो । आज भेटिएका संक्रमितमध्ये ३० जना पुरुष र १३ जना महिला रहेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ९ सय पुगेको छ । यससँगै नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ६८ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । यस्तै नुवाकोटमा कोरोना निको भएर घर फर्कनेको संख्या ६ सय ३१ पुगेको छ ।

Advertisement

हालसम्म नुवाकोटमा ७ हजा ८ सय ५५ जनाको पिसिआर परिक्षण गरिएको कार्यालयका सुचना अधिकारी खनालले बताए । जिल्लाका सक्रिय कोरोना संक्रमितमध्ये २ सय ६१ जना होम आइसोलेसनमा र ७ विभिन्न अस्पतालमा उपचाररत रहेको कार्यालयको भनाई रहेको छ ।

नुवाकोटमा हालसम्म एक जना कोरोना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य कार्यालयको भनाई छ । पछिल्लो समय नुवाकोटमा दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ ।

Advertisement

प्रतिक्रिया