काठमाण्डौमा अचम्मको विवाह भयो, दुलाहा दुलही दुबै पुरुष

विदुर खबर २०७७ मंसिर १९ गते १९:५४

नुवाकोट । मंसिर १९ सौरभ तामाङ र सुरज क्षेत्रीले समलिंगी विवाह गरेका छन् ।

Advertisement

परिचय समाजको कार्यालय ललितपुर कुपण्डोलमा रहेको कार्यालय पुरोहितबाट सौरभ र सुरजले विवाह गरेका हुन् । सौरभकी आमा विनिता तामाङले सुरजलाई बुहारीको रुपमा स्वीकार गरेकी छन् । दुई बर्ष अगाडि फेसबुक मार्फत पहिलो कुराकानी भएर विवाह गर्ने निष्कर्षमा पुगेको सौरभ र सुरजले बताए । पुरुषपुरुष (केटाकेटा) बीच वैवाहिक कार्यक्रम नै गरेर विनिताले छोराको सन्तुष्टीमा आफु खुशी रहेको बताइन । विवाहित जोडीले आफु जस्ता समलिंगी पुरुषलाई लुकेर नबस्न आग्रह गरे ।

समलिंगी विवाहको कानून बनेपछि विवाह दर्ता गर्ने तयारीमा रहेको विवाहति जोडीले बताए । सर्वोच्च अदालतले २०६४ पुस ६ गते दिएको आदेश अनुसार बनेको समलिंगी विवाह अध्ययन समितिले ६ बर्ष अगाडी समलिंगी विवाहलाई मान्यता दिनुपर्ने निष्कर्ष सहित सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । तर, सरकारले यस्तो विवाहलाई कानूनी मान्यता दिने सम्बन्धी कानून बनाएको छैन ।

Advertisement

सरकारलाई कानून बनाउन दवाव दिने उद्धेश्यले नै सौरभ र सुरजको बैवाहिक कार्यक्रम आयोजना गरिएको परिचय समाजका कार्यक्रम संयोजक मनोरञ्जन बैद्यले बताए । बैवाहित जोडीलाई बधाई दिदै परिचय समाजका अध्यक्ष प्रेम जिसीले समलिंगी विवाहको कानून बनाउन सरकारसँग माग गरे ।

Advertisement

प्रतिक्रिया