नुवाकोटकी दुर्गा थापा रसुवाको सहायक सिडियो
विदुर खबर
२०७७ मंसिर १८ गते १९:३७
नुवाकोट । रसुवा जिल्लाको सहायक प्रम्रख जिल्ला अधिकारीमा नुवाकोटकी दुर्गा थापा नियक्त भएकी छिन् ।
गृह मन्त्रालय आउनअघि थापा अर्थ मन्त्रालय अन्तर्गतको त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा कार्यरत थिइन् ।०४६ सालको जनआन्दोलनका क्रममा सहभागी थापाको बहुदल आएपछिको विजय जुलुसको फोटो सर्वाधिक चर्चित थियो । स्थानीय तहको लामो अनभव संगालेकी थापाले तनहुँको आँबुखैरेनी नगरपालिका र पछि गाउँपालिकाको पनि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेकी छिन् ।
आँबुखैरेनी नगरपालिकाबाट गाउँपालिका भएपछि पनि उनी केही समय प्रमुख प्रशासकीय अधिकृत रहेकी थिइन् । थापा नुवाकोटको दुप्चेश्वर गाउँपालिकाकी स्थानीय बासिन्दा हुन् ।
उनले यसै हप्ता सहायक प्रजिअको जिम्मेवारी सम्हाल्न रसुवा जाने बताएकी छिन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते
मध्य अमेरिकामा शक्तिशाली आँधी र वर्षाको चेतावनी





प्रतिक्रिया