त्रिशुली अटोप्रालिद्धारा जिल्ला ट्राफिक प्रहरीलाई हेलमेट प्रदान

विदुर खबर २०७७ मंसिर १८ गते ११:०५

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ मा रहेको त्रिशुली अटो प्रालिले जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटलाई हेलमेट वितरण गरेको छ ।

Advertisement

बिहिबार बट्टारमा आयोजना गरिएको एक कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख सुरेन्द्र विष्टलाई नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्की र त्रिशुली अटो प्रालिका संचालक विवेक थापाले हेलमेट प्रदान गरेका छन् । ट्राफिक प्रहरीलाई आफुहरुको सामाजिक उत्तरदायित्व अन्र्तगत १० ओटा हेलमेट वितरण गरेको त्रिशुली अटो प्रालीका प्रोपाइटर थापाले जानकारी दिए । उनले ट्राफिक प्रहरीमार्फत जनचेतना फैलाउन सहज हुने भएकोले हेलमेट वितरण गरेको बताए ।

यस्तै कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्कीले सबैको साझा पहल र सहकार्यले मात्र ट्राफिक नियम पालन गर्न सकिने बताए । उनले अनुशासन कायम गरेर सवारीसाधन चलाउँदा दुर्घटना कम गर्न सकिने बताए ।

Advertisement

यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख सुरेन्द्र विष्टले सबैको साझा पहल र सहकार्यले मात्र सवारी दुर्घटना कम हुने बताए । उनले ट्राफिक नियमको पालन, सडकमा कसरी सुरक्षित हिँड्ने भन्ने विषयमा जिल्लाव्यापी अभियान शुरु गुर्नपर्ने बताए । नुवाकोट अटोप्रालिले अहिले विदुर २ बट्टार र गल्छीबाट सेवा दिइरहेको छ ।

हेलमेट वितरण कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सन्तोष उफ्रेती, नुवाकोट होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ नुवाकोटका अध्यक्ष मधुसुदन थपलिया लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया