त्रिशुली अटोप्रालिद्धारा जिल्ला ट्राफिक प्रहरीलाई हेलमेट प्रदान
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ मा रहेको त्रिशुली अटो प्रालिले जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटलाई हेलमेट वितरण गरेको छ ।
बिहिबार बट्टारमा आयोजना गरिएको एक कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख सुरेन्द्र विष्टलाई नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्की र त्रिशुली अटो प्रालिका संचालक विवेक थापाले हेलमेट प्रदान गरेका छन् । ट्राफिक प्रहरीलाई आफुहरुको सामाजिक उत्तरदायित्व अन्र्तगत १० ओटा हेलमेट वितरण गरेको त्रिशुली अटो प्रालीका प्रोपाइटर थापाले जानकारी दिए । उनले ट्राफिक प्रहरीमार्फत जनचेतना फैलाउन सहज हुने भएकोले हेलमेट वितरण गरेको बताए ।
यस्तै कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्कीले सबैको साझा पहल र सहकार्यले मात्र ट्राफिक नियम पालन गर्न सकिने बताए । उनले अनुशासन कायम गरेर सवारीसाधन चलाउँदा दुर्घटना कम गर्न सकिने बताए ।
यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख सुरेन्द्र विष्टले सबैको साझा पहल र सहकार्यले मात्र सवारी दुर्घटना कम हुने बताए । उनले ट्राफिक नियमको पालन, सडकमा कसरी सुरक्षित हिँड्ने भन्ने विषयमा जिल्लाव्यापी अभियान शुरु गुर्नपर्ने बताए । नुवाकोट अटोप्रालिले अहिले विदुर २ बट्टार र गल्छीबाट सेवा दिइरहेको छ ।
हेलमेट वितरण कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सन्तोष उफ्रेती, नुवाकोट होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ नुवाकोटका अध्यक्ष मधुसुदन थपलिया लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया