नुवाकोटमा आज १७ जना कोरोना संक्रमित थपिए

विदुर खबर २०७७ मंसिर १७ गते १७:३३

नुवाकोट । नुवाकोटमा आज १७ जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ५९ जनाको पिसिआर परिक्षण हुँदा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितहरु विदुर नगरपालिकाका १० जना, बेलकोटगढी नगरपालिकाका ४ जना, लिखु गाउँपालिकाका २ जना र तारकेश्वर गाउँपालिकाका एक जना रहको छन् । संक्रमितमध्ये ९ पुरुष र ८ महिला रहेको खनालले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लाका १४ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । यससँगै नुवाकोटमा कोरोना निको भएर घर फर्कनेको संख्या ६ सय १६ पुगेको छ ।

Advertisement

हालसम्म नुवाकोटका ७ हजार ६ सय ६६ जनाको पिसिआर परिक्षण गरिएको स्वाूस्थ्य कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटमा अहिलेसम्म कोरोनाको कारण एक महिलाको ज्यान गएको छ ।

प्रतिक्रिया