नुवाकोटमा नेकपालाई झड्का, एकसय ५२ कार्यकर्ता काग्रेस प्रवेश

विदुर खबर २०७७ मंसिर १५ गते १९:५६

नुवाकोट । नेपाली कांग्रेस दुप्चेश्वर गाउँपालिका द्वारा अायाेजित अगुवा कार्यकर्ता भेटघाट तथा विभिन्न पाटि परित्याग गरि नेपाली कांग्रेस प्रबेश कार्यक्रममा नेकपा नुवाकोट काठमाडौं सम्पर्क मञ्चकाे जिल्ला सचिव लक्षुमण रुम्वा लगायत करिव १५० भन्दा बदि नेता तथा कार्यकर्ता प्रबेश भएको ने वि संघ नुवाकोट १ का क्षेत्रीय अध्यक्ष एंवम नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि कृष्ण मिश्रले  जानकारी दिनुभयाे।

Advertisement

नेपाली कांग्रेस नुवाकोटको सभापति एंवम संबिधान सभाका सदस्य समेत रहेका नेता जगदश्वर नंरसिह के सि , प्रदेशसभा पत्यासि उम्मेदवार तथा नेपाली कांग्रेस नुवाकाेटका युवा नेता एंवम महासमिति सदस्य रमेशकुमार महत , अर्का महासमिति सदस्य डा केदार नरसिह केसि , नेपाली कांग्रेस नुवाकोटका पाटि सचिव शिव दाहाल , जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख एंवम नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सन्तमान तामाङ ,क्षेत्रीय सभापति एंवम लिखु गाउपालिकाका अध्यक्ष धुर्व श्रेष्ठ , साथै नेपाली कांग्रेस नुवाकोट १ प्रदेश क र ख का सभापतिहरु अर्जुन प्र न्यैपाने , प्रेम पाठक , ने वि संघ क्षेत्रीय अध्यक्ष एंवम नेपालि कांग्रेस महाधिवेशन प्रतिनिधि कृष्ण मिश्र , नेपाली कांग्रेस नुवाकोटका जिल्ला सदस्य एंवम दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष याेविन्द सिंह तामाङ , त्यस्तै गरि जिल्ला सदस्यहरु उपेन्द्र कुईकेल, गाेविन्द थपलिया ,नरेश तामाङ , लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

साथै नव प्रबेशि हरुकाे तर्फवाट नेकपा नुवाकोट सम्पर्क मञ्चका सचिव लक्षुमण रुम्वा लगायतले ढिलै भएपनि नेपाली कांग्रेस पाटिमा प्रबेश हुनपाएकाेमा खुसि व्यक्त गर्दै अाफ्नाे भनाई राख्नुभएको थियाे ।

Advertisement

प्रतिक्रिया