नुवाकोटका राजन श्रेष्ठ उद्योग वाणिज्य महासंघको सदस्यमा भारी मतले विजयी

विदुर खबर २०७७ मंसिर १४ गते ८:४४

नुवाकोट । नेपाल उद्योग वाणिज्य महासंघको सदस्यमा नुवाकोट उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष राजन श्रेष्ठ भारी मतले विजयी भएका छन् ।

Advertisement

शनिवार भएको महासंघको निर्वाचनबाट श्रेष्ट जिल्ला नगरतर्फबाट सबैभन्दा बढी मत ल्याएर विजयी भएका हुन् । जिल्ला नगरतर्फबाट चन्द्र ढकालको प्यानलबाट विजयी भएका श्रेष्ठले ७९ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाकारी दिएको छ ।

महासंघको सदस्यमा पुन दोस्रोपटक निर्वाचित भएका श्रेष्ठले अब जिल्ला, नगर र प्रदेश महासंघहरुलाई सवलिकरण गर्दे त्यसमार्फत उद्यमी ब्यवसायीहरुको हक अधिकार स्थापित गर्ने बताए । उनले कोरोना संक्रमणबाट आर्थिक क्षेत्रमा सिर्जित समस्याहरुलाई संबोधन गर्दे आर्थिक क्षेत्रलाई लयमा फर्काउन आफ्नो समूहले पहल गर्ने बताए ।

Advertisement

उनले रोजगारदाता र श्रमिकहरुको संबन्धको पाटोलाई मजबुत बनाउने र त्यसमार्फत औद्योगिक शान्तिको वातावरण निर्माण गर्न निरन्तर बहस पैरबी गर्ने प्रतिबद्धता व्यक्त गरे । श्रेष्ठले आर्थिक बिकासका नयाँ सम्भावनाहरुको पहिचान गर्ने र मुलुकको आर्थिक समृद्धिको अभियानलाई सार्थक बनाउन समेत हरदम प्रयत्नशील रहने प्रतिबद्धता समेत जनाएका छन् ।

प्रतिक्रिया