पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयको शुभारम्भ
नुवाकोट । पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय औपचारिक रूपमा शुभारम्भ भएको छ ।
नुवाकोटको विदुर १ मा रहेको शहिद प्रतिष्ठानको भवनमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तत्कालका लागि शिक्षालयको शुभारम्भ भएको छ । शनिबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले एक विशेष समारोहका बीच शिक्षालयको शुभारम्भ गर्नुभयो । उहाँले शिक्षालयको शुभारम्भ गर्दै नुवाकोटको शैक्षिक विकासमा नजिकबाट योगदान गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
प्राविधिक शिक्षा तथा व्यवासयिक तालिम परिषद् (सीटीभीटी)को अध्यक्ष समेत रहनु भएका मन्त्री पोखरेलले शिक्षालयक व्यपकता र प्रभावकारिता वृद्धिका लागि सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले समाजिक आन्दोलन मार्फत राजनीतिक आन्दोलनमा सहभागी हुनभएका इमन्दार नेता स्वर्गीय पोष्टबहादुर बोगटीको नाममा शिक्षालय स्थापना गर्न पाउनु अझै गर्वको विषय रहेको बताउनुभयो । विभिन्न खालका परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने महान व्यक्तिहरू जन्माएको नुवाकोटमा ढिलै भएपनि प्राविधिक शिक्षाको विकासका लागि समन्वय गर्न पाएकोमा खुशी प्रकट गर्नुभयो ।
कार्यक्रममा संघीय सांसद समेत रहेका नेकपाका केन्द्रीय सदस्य एवं संघीय सांसद हितबहादुर तामाङले शिक्षालय स्थापनाका लागि सबै जनप्रतिनिधिको उत्तिकै पहलकदमी रहेको भन्दै विदुर नगरपालिकाले पनि महत्वपूर्ण सहयोग गरेको बताउनुभयो । उहाँले विगतमा नुवाकोटमा धेरै काम हुन नसके पनि पछिल्ला वर्षहरूमा महशुष हुनेगरी विभिन्न क्षेत्रको विकास भएको बताउनुभयो । यस्तै नेकपा नुवाकोटका सचिव समेत रहनुभएका संघीय सांसद नारायणप्रसाद खतिवडाले शिक्षालयको स्थापनाले नुवाकोटका स्थानीयले घरकै ढिडो खाएर प्राविधिक शिक्षा पाउने अवस्था भएको भन्दै खुशी प्रकट गर्नुभयो । उहाँहरूले नुवाकोटसहित रसुवा र धादिङको समेत केही भेगका युवाहरूले यस शिक्षालयबाट लाभ लिन सक्ने बताउनुभयो ।
सो अवसरमा नेकपा नुवाकोटका प्रचार विभाग प्रमुख समेत रहनु भएका सांसद बद्री मैनालीले शिक्षालयको विकासका लागि सबै सांसदहरूले विकासको बजेट समेत कटौती गरी योगदान गरेको स्मरण गर्दै अन्य संस्थानहरू जस्तो कमजोर नहोस भन्ने शुभकामना दिनुभयो । उहाँले खानेपानी देखि सडकमा खर्च गर्नुपर्ने रकम सबै सांसदहरूले शिक्षालयको विकासका लगि खर्च गरेको भन्दै जिल्लाका सबै वर्ग, तह र तप्काका इच्छित व्यक्तिले शिक्षा पाउने गरी अघि बढ्न शिक्षालयलाइ आग्रह गर्नुभयो ।उहाँले नुवाकोटमा नेकपको नेतृत्व गुटबन्दीमा विभाजित नभएको भन्दै केन्द्रमा पनि गुटमा विभाजित नभइ विकासका काममा लाग्न नेताहरूलाइ नुवाकोटको सन्देश सुनाइदिन पार्टी स्थायी कमिटीका सदस्य समेत रहेका शिक्षामन्त्री पोखरेललाइ अनुरोध गर्नुभयो ।
शिक्षालयका लागि बाली विज्ञान, पशु विज्ञान र होटल व्यवस्थान, सिभिल इन्जिनियरिङको कार्यक्रम सञ्चालनको अनुमति पाएको शिक्षालयका सञ्चालक समेत रहेका शिक्षामन्त्रीका निजी सचिव विनोद न्याैपानेले जानकारी दिनुभयो । सीटीभीटीको यो शैक्षिक कार्यक्रम सञ्चालन हुने नुवाकोट ६५ औँ जिल्ला हो । तत्कालनी माओवादी केन्द्रका महासचिव रहेका स्वर्गीय बोगटीको स्मृतिमा स्थापना हुने बहुप्राविधिक शिक्षालयले नुवाकोटको शैक्षिक विकासमा महत्वपुर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













सुदन गुरुङ नै भन्न थाले–निर्वाचन हुन्न !
७ जिल्लाका सीडीओ फेरिए
ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज





प्रतिक्रिया