नुवाकोटको विदुर नगरपालिकामा औद्योगिक ग्राम स्थापना गरिने
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा औद्योगिक ग्राम स्थापना गर्ने सरकारले निर्णय गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा सरकारले औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले बाग्मती प्रदेशमा नुवाकोटको विदुर नगरपालिकाको वडा नम्बर १० को शुभघाट एरियाको कित्ता १८७ रोपनी सरकारी जग्गामा औद्योगिक ग्राम स्थापना गरिने जानकारी दिए ।
बागमती प्रदेशको राजधानी नुवाकोटलाइ बनाउने अभियानमा धक्का लागेपछि नेकपा बागमती प्रदेशका मुख्य सचेतक केशवराज पाण्डे, बाग्मती प्रदेशका सांसद बद्री मैनाली लगायतले संघीय सरकारसँग विदुरमा औद्योगिक ग्राम स्थापना गरिदिन संघीय सरकारसँग अनुरोध गरेका थिए ।
प्रकियागत रूपमा विदुर नगरपालिकाले पनि औद्योगिक ग्राम स्थापनाका लागि पहलकदमी लिएपछि गत कात्तिक अन्तिम साता बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














भोटेकोशी बाढीपीडित नुवाकोटका मोबाइल व्यवसायीलाई ८ लाख २५ हजार सहयोग
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
स्थानीय चुनाव लक्षित गर्दै नुवाकोटमा रास्वपाको “हामी आउँदै छौँ” अभियान सुरु
शिक्षामा समान अवसरको आग्रहसहित सन्तोषी ढुंगानाको न्यानो कपडा वितरण अभियान
गल्छीमा सडक भासिएपछि मुग्लिन–काठमाडौं सडक पूर्ण रुपमा अवरुद्ध





प्रतिक्रिया