गेर्खुटार कृषि सहकारी संस्थाको प्रारम्भिक साधारणसभा सम्पन्न
विदुर खबर
२०७७ मंसिर १३ गते ११:२१
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० मा रहेको गेर्खुटार कृषि सहकारी संस्था लिमिटेडको औपचारिक उद्घाटन तथा प्रारम्भिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
गेर्खुटारमा एक कार्यक्रमको आयोजना गरि सहकारीको.औपचारिक उद्घाटन विदुर नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष गणेशकुमार नेपाल र विदुर नगरपालिकाका वरिष्ट कार्यक्रम अधिकृत पुस्कर शर्मा रिमालले संयुत्त रुपमा गरेका हुन् ।
कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष गणेशकुमार नेपालले वडामा रहेका कृषकहरुको माग र आवश्यकता अनुसार सहकारीले काम गर्ने आशा व्यक्त गरे । उनले गेर्खुटारमा कृषिको ठुलो संभावना रहेको भन्दै कृषि उत्पादनलाई व्यवसायिक रुपमा अगाडी बढाउन सहकारीले महत्वपुर्ण भुमिका खेल्ने बताए ।
यसअघि नै कारोवार शुरु गरेको सहकारीको औपचारिक उद्घाटन भने आज गरिएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते
मध्य अमेरिकामा शक्तिशाली आँधी र वर्षाको चेतावनी





प्रतिक्रिया