गेर्खुटार कृषि सहकारी संस्थाको प्रारम्भिक साधारणसभा सम्पन्न
विदुर खबर
२०७७ मंसिर १३ गते ११:२१

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० मा रहेको गेर्खुटार कृषि सहकारी संस्था लिमिटेडको औपचारिक उद्घाटन तथा प्रारम्भिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
गेर्खुटारमा एक कार्यक्रमको आयोजना गरि सहकारीको.औपचारिक उद्घाटन विदुर नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष गणेशकुमार नेपाल र विदुर नगरपालिकाका वरिष्ट कार्यक्रम अधिकृत पुस्कर शर्मा रिमालले संयुत्त रुपमा गरेका हुन् ।
कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष गणेशकुमार नेपालले वडामा रहेका कृषकहरुको माग र आवश्यकता अनुसार सहकारीले काम गर्ने आशा व्यक्त गरे । उनले गेर्खुटारमा कृषिको ठुलो संभावना रहेको भन्दै कृषि उत्पादनलाई व्यवसायिक रुपमा अगाडी बढाउन सहकारीले महत्वपुर्ण भुमिका खेल्ने बताए ।
यसअघि नै कारोवार शुरु गरेको सहकारीको औपचारिक उद्घाटन भने आज गरिएको हो ।
सम्बन्धित
प्रतिक्रिया