नुवाकोटका ५ सय ६५ जना कोरोना संक्रमित निको भएर घर फर्किए

विदुर खबर २०७७ मंसिर १२ गते ९:०१

नुवाकोट । नुवाकोटका ५ सय ६५ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका ८ जना कोरोना मुत्त भएर घर फर्किएसँगै नुवाकोटमा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ५ सय ६५ पुगेको हो ।

नुवाकोटमा रहेका ८ सय कोरोना संक्रमितमध्ये अहिले संक्रिय कोरोना संक्रमितको संख्या २ सय ३४ रहेको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए । नुवाकोटमा ७ हजार ४ सय ७७ जनाको पिसिआर परिक्षण हुँदा ८ सय जनाको रिर्पाेट पोजेटिभ आएको हो ।

Advertisement

नुवाकोटमा हालसम्म एक जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया