थानसिंङ कृषि सहकारीद्धारा ९ जना कृषकलाई सम्मान

विदुर खबर २०७७ मंसिर १० गते ९:३२

नुवाकोट । नुवाकोटको लिखु गाउँपालीका वडा नं ६ मा रहेको थानसिङ्ग कृषि सहकारीले ९ जना कृषकहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

Advertisement

पुरस्कृत हुने कृषकहरुमा सुर्यगढि गाउँपालिका वडा नम्बर ५ का शुशिला माया श्रेष्ठ, शुसिला कार्की, पन्चकन्या गाउँपालिका वडा नमबर १ का विष्णुवहादुर थापा , वडा नम्बर २ का फत्त बहादुर मिजार र लोकनाथ गौतमलाई सम्मानित गरिएको छ । यस्तै सम्मानित र पुरस्कृत हुने अन्यमा लिख गाउँपालिका वडा नम्बर ३ का तुलशा नेपाल , वडा नम्बर ४ का राजु मानन्धर रहेका छन् । उनीहरुलाइृ पुरस्कार स्वरुप आवश्यक पर्ने विभिन्न कृषि औजारहरु स्पेयर, हजारीया, तरकारीको विउ विजन , तरकारी उत्पादन बढाउन प्रयोग गरीने भिटामिन, उत्पादन रेकर्ड र हिसाब किताब राख्नको लागि क्याल्कुलेटर तथा विभिन्न कृषि सामग्री वितरण गरिएको सहकारीले जनाएको छ ।

पुरस्कार प्राप्त गर्ने कृषकहरु सबैले नयाँ प्रविधि अपनाएर कृषि कार्य गर्दै आएको र तरकारी उपज उत्पादन गरि बक्री गरी आम्दानी गर्न थालेका छन् । पुरस्कार वितरणका क्रममा सहकारीका अध्यक्ष दिपककुमार पन्त, कोषाध्यक्ष नुतनराज पन्त लगायतका सन्चालक समितिले अबका दिनमा पनि कृषकहरुलाई उत्पादनमा बढावा दिन आग्ह गरे् ।

Advertisement

सहकारीले एक बर्षअघि किसान २ परियोजनाको साझेदारमा ३२ वटा समुह गठन गरी विभिन्न कृषि तालिम दिंदै आएको छ । सहकारीले २ जना कृषि प्राविधिक राखी ३२ वटानै समुहमा कृषि नर्सरी तालिम, विभिन्न नयाँ नयाँ प्रविधिको प्रयोग गरी प्रदर्शिनी कार्यक्रम लिखु पन्चकन्या सुर्यगढि ककनी गाउँपालिका विभिन्न वडाहरूमा सन्चालन गर्दै आएको छ ।

सहकारीले हाल ४ गाउँपालिकाका ८ सय घरधुरी कृषकहरुसंग प्रत्यक्ष रूपमा सहभागी भई व्यावसायिक कृषक उत्पादन कार्यक्रम सन्चालन गर्दै आएको छ ।

Advertisement

प्रतिक्रिया