नुवाकोटका ६७ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किए
नुवाकोट । नुवाकोटका ६७.१७ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार जिल्लामा रहेका कुल संक्रमितमध्ये ६७.१७ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार नुवाकोटमा रहेका कुल ७ सय ८९ जना कोरोना संक्रमितमध्ये ५ सय ३० जना निको भएर घर फर्किएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा नुवाकोटका ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगरपालिकाका ४ जना, ककनी गाउँपालिका, किस्पाड गाउँपालिका र तारकेश्वर गाउँपालिकाका समान एक,एक जनामा कोरोना भाइरसका संक्रमण देखिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा नुवाकोटका ११ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । यससँगै नुवाकोटका ५सय ३० जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । हालसम्म नुवाकोटमा ७ हजार ३ सय ८३ जनाको पिुिसआर परिक्षण गर्दा ६ हजार ५ सय ८४ जनाको रिर्पाेट नेगेटिभ आएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
नुवाकोटमा हालसम्म एक महिलाको कोरोनाको बकारण ज्यान गएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग
चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा





प्रतिक्रिया