नुवाकोटका ६७ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किए

नुवाकोट । नुवाकोटका ६७.१७ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार जिल्लामा रहेका कुल संक्रमितमध्ये ६७.१७ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार नुवाकोटमा रहेका कुल ७ सय ८९ जना कोरोना संक्रमितमध्ये ५ सय ३० जना निको भएर घर फर्किएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा नुवाकोटका ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगरपालिकाका ४ जना, ककनी गाउँपालिका, किस्पाड गाउँपालिका र तारकेश्वर गाउँपालिकाका समान एक,एक जनामा कोरोना भाइरसका संक्रमण देखिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा नुवाकोटका ११ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । यससँगै नुवाकोटका ५सय ३० जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । हालसम्म नुवाकोटमा ७ हजार ३ सय ८३ जनाको पिुिसआर परिक्षण गर्दा ६ हजार ५ सय ८४ जनाको रिर्पाेट नेगेटिभ आएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
नुवाकोटमा हालसम्म एक महिलाको कोरोनाको बकारण ज्यान गएको छ ।
प्रतिक्रिया