नुवाकोटमा ज्यान मुद्धका दोषी ४ वर्षपछि पक्राउ

विदुर खबर २०७७ मंसिर ७ गते २०:००

नुवाकोट । सवारी ज्यान मुद्धाको आरोपमा दोषी ठहरिएका नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर २ का ४२ वर्षिय होमनाथ सिग्देल ४ वर्षपछि पक्रउ परेका छन् ।

Advertisement

उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटको विशेष टोलीले आईतवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

सिग्देललाई जिल्ला अदालत नुवाकोटले २०७४ असार ३ गते सवारी ज्यान मुद्धामा दोषी ठहरिई एक बर्ष कैद तोकेको थियो । तर अदालतको आदेशपछि फरार रहेका उनी पहिचान लुकाई लुकीछिपी बसिरहेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

पक्राउपछि उनलाई जिल्ला अदालत नुवाको पेश गरि अदालतको आदेश अनुसार कैद भुक्तानीको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया