नुवाकोटको विदुरबाट विप्लव समुहका तीनजना जिल्ला कमिटि सदस्य समातिए

विदुर खबर २०७७ मंसिर ७ गते १९:४०

नुवाकोट । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका तीनजना जिल्ला कमिटि सदस्य नुवाकोटको विदुरबाट पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा सुर्यगढी गाउँपालिका वडा नम्बर २ का ४१ वर्षिय राम कुमार अधिकारी(बादल), ककनी गाउँपालिका वडा नम्बर ३ का शम्भुप्रसाद ढुंगाना र विनोद ढुंगाना रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । ढुङ्गानाद्धयलाई लुकिरहेको अवस्थामा पक्राउ गरेको नुवाकोट प्रहरीले जनाएको छ ।

प्रहरीको विशेष टोलीले गोप्य सुचनाको आधामा बट्टार बजारमा संकास्पद गतिबिधी गरिरहेका अधिकारीलाई नियन्त्रणमा लिएको थियो । उनलाई पक्राउ गरि सोधपुछको क्रममा ढुङ्गानाद्धय समातिएका थिए । पक्राउ परेकाहरुको साथबाट को साथबाट चन्दा रसिद, विप्लव समुहको पर्चाको साथै अन्य कागजात समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

पक्राउ परेका तीनजनालाई आवश्यक कारबाहीको लागि कानुनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया