नुवाकोटमा खानेपानीका लागि पनि सिडिओकै भर, सरोकारवाला कता हराए ?

विदुर खबर २०७७ मंसिर ७ गते १६:३६

नुवाकोट । नुवाकोट जिल्लाको सदरमुकाम विदुरमा खानेपानीको समस्या लामो समयदेखि रहेको छ ।

Advertisement

खानेपानीको समस्याको समाधान गर्न विदुर खानेपानी उपभोक्ता समिति छ जहाँ राजनीतिक दलहरूले कार्यकर्ता उतारेर चुनाव पनि जित्छन तर उनीहरू नगरवासीलाइ खानेपानी खुवाउने भन्दा पनि कमिसन कसरी हसुर्न सकिन्छ भन्नेमा लाग्छन ।

नागरिकका लागि पानीको व्यवस्थापन गर्ने अर्को महत्वपूर्ण निकाय स्थानीय सरकारको रूपमा रहेको विदुर नगरपालिका पनि हो । जनप्रतिनिधिको ध्यान बढी कमिसन कुम्ल्याउने काममा हुन्छ । जनताको लागि काम नगरेको भनेर यसै पनि विदुर नगरपालिकाको नेतृत्व आलोचित रहँदै आएको छ । अझ पछिल्लो समय अबैध रूपमा नदी र खोलाको दोहन गराउन देखिने गरी भूमिका खेलको भनेर आलोचना भैरहेको छ ।

Advertisement

पछिल्लो पटक विदुर नगरबासीका लागि खानेपानीको समस्या हुँदा संघीय सरकारको प्रतिनिधि प्रमुख जिल्ला अधिकारीले भूमिका खेलेका छन । यसैपनि पछिल्लो समय जनताको मनछुनेगरी काम गरेको भनेर प्रशंशा पाइरहेका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले शुक्रबार विदुरको खानेपानीको संकटका विषयमा दुइ पटक आफूले पहल लिएर काम गरेको जानकारी दिँदै दीर्घकालीन रूपमा सधानका लागि सरोकारवाल जिम्मेवार पदाधिकारीले काम गर्नुपर्ने बताएका छन ।

प्रमुख जिल्ला अधिकारी ढकालले सामाजिक सञ्जाल मार्फत लेखेको विदुरको खानेपानी समस्या बारेको भनाइ जस्ताकोत्यस्तै

जिल्ला सदरमुकाम विदुरमा खानेपानीको समस्या अलि बढी नै समस्याग्रस्त देखियो । धेरै पहिले गाडिएको जिर्ण अवस्थाको पाइपका कारण पाइपलाइन क्षेत्रमा भइरहने निर्माण कार्यले गर्दा सामान्य अवस्थामा पनि पाइप फुट्ने समस्या निरन्तर देखिरहेको छ ।
जसका कारण जीवनका लागि नभई नहुने आधारभूत र अत्यावश्यक खाोपानी सेवामा सर्वसाधारणको पहुंच सनुिश्चित हुन सकिरहेको छैन । अतस् यसको तत्कालिन, मध्यकालिन र दीर्घकालिन समाधानका लागि योजनाबद्व रूपमा अगाडी बढ्न ढिला भैसकेको महसूस भयो । तत्कालका लागि विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका पदाधिकारी र कर्मचारीहरू बढी सक्रिय र जिम्मेवार हुनु जरूरी देखियो । मध्यकाल र दीर्घकालका लागि यसपूर्व तय भैसकेका र थप विकल्पहरूलाई पनि तदारूकताका साथ अगाडी बढाउन सम्बद्व सबैले आ आफ्नो स्थानबाट पहल गरौं ।
Advertisement

द्शैं अगाडी देखिएको समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयबाट मुहानमा मेशिन नै प्रयोग गर्नु पर्ने अवस्था देखिएकोले सम्बद्व विद्दुत प्रशारण आयोजनाको एक्साभेटर व्यवस्था गरी मुहानबाट पानी सुचारू गराइएको थियो भने तिहारको मुखमा देखिएको समस्या ढिला गरी अस्तिमात्र जानकारी हुन आएकोले समस्याको जानकारी हुनासाथ जिल्ला प्रशासन कार्यालयबाट विशेष पहल लिई वेत्रावतीका स्थानीय जनसमुदाय, सम्बद्व आयोजना र खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरूको उपस्थितिमा फिल्डमै समस्या समाधान गरी आजबाट पानी सुचारू भएको छ ।

खानेपानीको ब्मजयअ होइन दीर्घकालिन समाधान खोजौं ।

समस्या समयमै जानकारी गराऔं । जिम्मेवार पदमा बसीसकेपछि आफ्नो कर्तव्य र जिम्मेवारी इमान्दारीतापूर्वक पूरा गरौं ।
३ विभिन्न निकाय वीच पर्याप्त समन्वय गरौं । वेत्रावतीका स्थानीय समुदाय सहित सम्बद्व सबैमा साधुवाद । अबको बाटो खानेपानीमा पहुंच मात्र होइन गुणस्तरीय खानेपानी सेवामा सबैको सहज पहुंच ।

प्रतिक्रिया