नुवाकोटमा खोला दोहन रोकिएपछि सफा बग्न थाल्यो त्रिशुली
विदुर खबर
२०७७ मंसिर ७ गते १६:१८

नुवाकोट । नुवाकोटमा खोला दोहन रोकिएपछि त्रिशुली, तादी र लिखु खोला सफा बग्न थालेका छन् ।
प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले सर्वाेच्च अदालतको आदेश अनुसार नुवाकोटको तादी र त्रिशुल खोलामा संचालनरत अवैध क्रसर बन्द गराएपछि त्रिशुली नदी सङ्लोे बग्न थालेको छ ।
नदी किनाराका बालुवा धुने फिरफिरे र अवैध उद्योग बन्द भएपछि २ महिना अघिदेखि त्रिशुलीको स्वरुप बदलिएको हो । नुवाकोटमा बालुवा धुने, नदीबाटै बालुवा झिक्ने र नदी किनारमै क्रसर चलाउँदा त्रिशुली खोला बाह्रै महिना धमिलो बग्ने गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया