आचार्यद्धारा जन्मदिनको अवसरमा जेष्ठ नागरिक प्रतिष्ठानलाई खाद्य सामाग्री वितरण

विदुर खबर २०७७ मंसिर ७ गते १५:१६

                                                 प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपाललाई खाद्य सामाग्री वितरण गर्दे आचार्य

नुवाकोट । नुवाकोट उद्योग वाणिज्य संघका सदस्य तथा आचार्य ईन्जिनियरिङ्ग कन्सल्टेन्सी एण्ड विजनेस ट्रेनिङ सेन्टरका प्रोपाइटर राजकुमार आचार्यले आफ्नो ३९ औ जन्मदिनको अवसर पारेर विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको जेष्ठ नागरिक प्रतिष्ठान देविघाटमा रहेको जेष्ठ नागरिक प्रतिष्ठानका वृद्धवृद्धाहरुलाई खाद्य सामाग्री वितरण गरेका छन् ।

Advertisement

आचार्यले आईतवार देविघाटमा रहेको प्रतिष्ठानमा पुगेर प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपाललाई खाद्य सामाग्री हस्तान्तरण गरेका हुन् । वितरण गरिएको खाद्य सामाग्रीमा २५ किलोको ५ बोरा चामलर २४ ओटा हर्लिक्स रहेका छन् ।

आचार्यले प्रतिष्ठानमा रहेका वृद्धवृद्धाहरु समाजको ऐतिहासिक दस्तावेज भएकोलृ उनीहरुलाई केही भएपनि सहयोग होस भन्ने अभिप्रायले जन्मदिनको अवसर पारेर प्रतिष्ठानलाइृ खाद्यान्न सहयोग गरेको बताए । यस्तै प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपालले सबै व्यक्तिको सहयोगले जेष्ठ नागरिक प्रतिष्ठानमा रहेका वृद्धवृद्धाहरुको हेरचाहमा सहज भएको बताए ।

Advertisement

जेष्ठ नागरिक प्रतिष्ठानका समेत सदस्य रहेका आचार्यले गतवर्ष पनि जन्मदिनको अवसर पारेर प्रतिष्ठानका वृद्धवृद्धाहरुलाई खाद्यान्न सहयोग गरेका थिए । विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको जेष्ठ नागरिक प्रतिष्ठानमा अहिले २४ जना वृद्धवृद्धाहरु आश्रय लिएर बसीरहेका छन् ।

प्रतिक्रिया