विद्युत सर्ट हुँदा शिबपुरीको बुढाथोकी गाँउमा आगलागी, १० लाख बरावरको क्षति
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ४ बुढाथोकी गाउँका लोकबहादुर बुढाथोकीको घरमा शनिवार आगजनी हुँदा १० लाख रुपैयाँ बरावरको क्षति भएको छ ।
बुढाथोकीको घरमा बिजुली सर्ट भई आगो लाग्दा १० लाख रुपैयाँ बरावरको क्षति भएको प्रहरीले जनाएको छ । ढुंगा माटोले बनेको जस्ताले छाएको घरको माथिल्लो तला पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा परि सुनको नौगेडी, बेरु औठी, फ्रिज, काठको दराज, टिभि, चारओटा बक्स पलङ लगायत जलेर नष्ट भएको बताइएको छ । यस्तै १० क्विन्टल धान, तीन क्पिन्टल कोदो, चा क्विन्टल गोहुँ लगायत समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागी भएको खबर आउने बित्तिकै ईलाका प्रहरी कार्यालय सिक्रेपुरीबाट गएको प्रहरी टोली स्थानियका सहयोगमा करिव एकघण्टापछि आगो नियन्त्रणमा लिएको थियो । आगलागीमा परि कुनैपनि मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण





प्रतिक्रिया